५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एआइए र एसियन पब्लिकलाई सफलता

काठमाडौं – एआइए र एसियन पब्लिक १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन्।एआइएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित ग¥यो। एआइएको जितमा कविन मगरले १३ अंक योगदान  गरे। नरेन्द्रको १२ अंक सहयोगमा एसियनले अक्सिडेन्टललाई ४७–२७ ले हरायो।

सिनियर ब्वाइजमै न्यु समिटले केइएसलाई ६५–४४, काठमाडौं जेभियरले सेवा सदनलाई ४६–१७, हेम्सले मैतिदेवीलाई २८–१४, सेन्ट पाउले न्यु डन बस्कोलाई २७–१६, स्पाङ्गेलले लिटिल फ्लावरलाई ३३–१० र चैतन्यले सूर्योदयलाई १७–१३ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

न्यु समिटका शशांक मगरले ४०, काठमाडौं जेभियरका रोहन दासले २०, हेम्सका प्रवेश गुरुङले ५, सेन्ट पाउलका सिभेन थापा मगरले ११, स्पाङगेलका रोहित बलामीले ११ र चैतन्यका समीर लम्सालले ८ स्कोर गरे। सिनियर गल्र्स र जुनियर ब्वाइजको क्वार्टरफाइनल समीकरण तयार भइसकेको छ।
 

प्रकाशित: २० भाद्र २०७६ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App