२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। उनलाई नेपाली कांग्रेसहित अन्य १६ दलको सथर्मन गरेका छन्।

प्रधानमन्त्री निर्वाचन बुधबार

मुलुकको ३९ औं कार्यकारी प्रमुखका लागि बुधबार व्यवस्थापिका संसद्मा निर्वाचन हुने भएको छ। दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि संसद्ले बहुमतीय प्रक्रिया अघि बढाएको हो।

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १९ गते निर्वाचन हुने

काठमाडौं- प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार वुधबार साउन १९ गते प्रधानमन्त्रीको लागि व्यवस्थापिका संसदमा निर्वाचन हुनेछ।

निर्वाचन क्षेत्रको करोड बजेट झ्वाम

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विद्युत उत्पादन, उच्च माविमा विज्ञान संकाय स्थापना या खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि विनियोजन गर्नेबारे लामो बहस चल्यो। जिल्लास्थित दलका नेताले आफ्नो अनुकूलताका योजना अघि सारेका थिए। कसैले खानेपानी, सडक त कसैले विद्युत।

‘स्थानीय निर्वाचन चैतमा'

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी चैतसम्ममा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्ने सहमति गरेका छन्।

सरकारले मिति देओस्, चुनाव गर्न तयार छौंः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले मिति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको बताएका छन। ‘सरकारले हामीलाई तिथिमितिसहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं,’ उनले भने, ‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आतुर, जनताको लोकतन्त्रलाई बलियो बनाउने साधन नै निर्वाचन हो।’

सार्कस्तरीय निर्वाचन कार्यशाला

निर्वाचन बेला आउने विवाद कसरी समाधान गर्ने भन्ने विषयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ। बिहीबार सार्क देशका निर्वाचनसँग सम्बन्धित प्रतिनिधिको सहभागितामा आयोजित कार्यशाला प्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेकी छन्।

यस कारण स्थानीय निर्वाचन

संविधान घोषणासँग असहज संक्रमणकालीन परिस्थितिमा व्यवस्थापिका–संसद्मा बहुमत प्राप्त गरेर नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार बनाए। संविधान र व्यवस्थापिका संसदमा पहिलो दल नेपाली कांग्रेसले पूर्वभद्रसहमति उल्लंघन गरेपछि संविधान कार्यान्वयनका लागि अपरिहार्य रहेको बहुप्रतीक्षित राष्ट्रिय सहमतिको सरकार गठन हुन सकेन।

नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा

–नयाँ शक्ति नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। आइतबार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा गएको टोलीले दल दर्ताका लागि निवेदन दिएको हो। नयाँ शक्तिले यसअघि झण्डामा प्रयोग गरेको एउटा तारालाई आफ्नो चुनाव चिन्हलागि दाबी गरेको छ।

स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन: भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन्। नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताए।

यादव प्रमुख निर्वाचन आयुक्त

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। समितिले शुक्रबार फिर्ता पठाउनुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै यादवको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादव अनुमोदित

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ।

स्थानीय निर्वाचन कार्यविधि संसद् पठाइँदै

काठमाडौं-आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेको केही दिन नबित्दै सरकारले स्थानीय निर्वाचन कार्यविधि ऐन २०४८ संशोधनका लागि व्यवस्थापिका संसद् पठाउन तयारी गरिरहेको छ।

कानुन बनेको चार महिनापछि निर्वाचन : आयोग

निर्वाचन आयोगले कानुन र मिति तय गरेर सरकारले १ सय २० दिनको समय दिए मंसिरमा स्थानीय निर्वाचन गर्न सकिने जनाएको छ।

१२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ: अायाेग

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्