१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो’

पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ।

नाइजेरियामा साम्प्रदायिक हिंसा : ५५ जनाकाे मृत्यु, २४ घण्टे कर्फ्यू जारी

नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) जारी गरेका छन्। हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताए। उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन्।

नौ सय किशोरीले आज रेडियो बहस गर्ने

सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ मा देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन्।

हिंसाको राजनीतिसँग जोडिएको प्रश्न

दशवर्षसम्म सशस्त्र हिंसाको नायकत्व गरी शान्तिपूर्ण राजनीतिमा अवतरित पुष्पकमल दाहालले उहाँकै पार्टीबाट अलग भएर सशस्त्र हिंसाको प्रारूप बनाउन प्रयत्नशील नेत्रविक्रम चन्द ‘विप्लव’ लाई लक्षित गर्दै भन्नुभएछ– जिम्मेवारी लिन नसकेको हिंसात्मक कारबाही आतंककारी हुन्छ।

महिला हिंसाविरुद्ध अभियान

सन् २०१७ मा ह्यास ट्याग मी टुको सुरुवात भयो । महिला अधिकार र सामाजिक सञ्जालमा गएको साललाई ह्यास ट्याग मी टुको वर्षको रूपमा सम्झना गरिन्छ ।

युद्धकालीन यौनहिंसा विरुद्धका अभियन्तालाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्।

लैंगिक हिंसाको मारमा महिला : दुई महिनामा ८९ घटना

दाइजो नल्याएको निहुँमा भदौ ३० मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ कि एक महिलालाई सासू, सासुरा र पतिले तातो पन्यूले डामे।

४ लाखको हाराहारीमा अश्लील वेबसाइट छन्, २० हजार बन्द गर्यौंः प्राधिकरण

नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरेको जनाएको छ।प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सोमवारसम्म बीस हजार पोर्न साइट बन्द गरिएको छ।

निडर अभियन्ता

घरेलु हिंसालाई नियति ठानेर घरभित्रै चुपचाप बस्ने महिला धेरै छन् । तर, हिंसालाई अवसरको रूपमा उपयोग गरेर आफ्नो जीवन नै हिंसा पीडित महिलाका लागि समर्पण गर्नेहरू थोरै मात्र होलान् । तीनैमध्येकी एक हुन्, देवकुमारी महरा । जसले आफ्नो जीवन हिंसापीडित महिलाको न्यायका लागि समर्पित गरेकी छन्।

महिला हिंसाका पीडितलाई समयमै न्याय दिन नेकपाका नेतृको माग

बालबालिका, किशोरी र महिला हिंसाविरुद्ध कडा कानून बनाएर पीडितलाई समय मै न्याय दिन माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराइएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेत्री अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एक प्रतिनिधिमण्डलले मन्त्री थापाको कार्यकक्षमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाएको हो।

याैनजन्य हिंसाकाे रिपाेर्टिङ यसरी गराैं

नेपालमा हरेक महिना औसत १०० भन्दा बढी बलात्कार तथा यौनजन्य हिंसाका घटना प्रहरीमा दर्ता हुने गरेका छन् । उजुरी गरिएको भन्दा वास्तविक घटनाको संख्या धेरै बढी हुने आँकलन गरिएको छ।

हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

महिला हिंसाका घटना बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रेरणा महिला समूहले स्युचाटार प्रहरी प्रभागमा ज्ञापनपत्र बुझाएको छ।

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्