‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !
एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।
एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।
धन्य, एमालेका केही नेताले आन्तरिक लोकतन्त्रको अभ्यासलाई जोगाएका छन्। यसबाट अझै पनि त्यो दलभित्र ओलीको होमा हो मिलाउँदै पद र प्रतिष्ठा प्राप्त गर्ने जमात मात्र छैन भन्ने पुष्टि भएको छ।
लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।