८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो ।

प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर लुम्बिनी प्रदेशमा त्यो विधि उल्लंघन भई आन्तरिक प्रतिस्पर्धा सुरु भयो । भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो । पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए ।  

‘वाग्मतीमा जे देखियो, त्यो त्यति राम्रो भएन, कार्यकर्ताले चाहेभन्दा पनि नेतृत्वले चाहेको व्यक्तिले जित्ने अवस्था नहुँदासम्म निर्वाचनको प्रक्रिया अघि बढेन, यसले राम्रो संकेत दिएन । आन्तरिक लोकतन्त्रलाई राम्रो गरेन ।'  

लुम्बिनीले त्यस किसिमको प्रतिस्पर्धालाई औपचारिक रूप दिएपछि वाग्मती प्रदेश, कोसी प्रदेश र कर्णाली प्रदेशमा पनि आन्तरिक प्रतिस्पर्धा भयो । वाग्मतीमा पार्टीको मूल नेतृत्वले चाहेको उम्मेदवारले जित्ने वातावरण तयार नहुँदासम्म निर्वाचन प्रक्रिया नै अघि बढाइएन । ‘सकेसम्म पार्टीको मूल नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत बनाउन नसके निर्वाचन हुँदा पनि उनको पक्षमा माहोल नबन्दासम्म निर्वाचनको प्रक्रिया नै अघि नबढाउने अघोषित नीति लिन थालियो,’ एमालेका एक पदाधिकारीले भने । उनका अनुसार वाग्मतीमा पनि यही अवस्था आयो ।  

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकीमा सकेसम्म सर्वसम्मत गर्ने नत्र लोकतान्त्रिक विधिमार्फत नेतृत्व छान्ने बताइसकेका छन् । ‘वाग्मतीमा जे देखियो, त्यो त्यति राम्रो भएन, कार्यकर्ताले चाहेभन्दा पनि नेतृत्वले चाहेको व्यक्तिले जित्ने अवस्था नहुँदासम्म निर्वाचनको प्रक्रिया अघि बढेन, यसले राम्रो संकेत दिएन । आन्तरिक लोकतन्त्रलाई राम्रो गरेन,’ उपमहासचिव गुरुङले भने ।  

वाग्मती प्रदेश अध्यक्षबाट कृष्णप्रसाद दाहाललाई नियोजित रूपमा हराइयो । कृष्णभक्त पोखरेललाई उठ्नै दिइएन । दोलखाका प्रभावशाली नेता आनन्द पोखरेलले दाहाललाई हराउन सूची नै बनाएर बाँडेको भिडियो सार्वजनिक भयो । जसको परिणाम दोलखाले एउटा पनि पदाधिकारी जित्न सकेन ।

भदौको तेस्रो सातादेखि सुरु प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष ओली र उनलाई सहयोग गर्ने कार्यकर्ताबीच नै नेतृत्वका लागि रस्साकस्सी गरिरहेका छन् । खासगरी हिजो ओलीलाई साथ दिएका कार्यकर्ताले नै आन्तरिक लोकतन्त्र खोजेका हुन् । अधिवेशन सम्पन्न भएका प्रदेशलाई हेर्ने हो भने विगतमा ओलीलाई सहयोग गर्नेहरू नै आपसमा नेतृत्वका लागि रस्साकस्सी गरिरहेका छन् ।

वाग्मती प्रदेश अध्यक्षबाट कृष्णप्रसाद दाहाललाई नियोजित रूपमा हराइयो । कृष्णभक्त पोखरेललाई उठ्नै दिइएन । दोलखाका प्रभावशाली नेता आनन्द पोखरेलले दाहाललाई हराउन सूची नै बनाएर बाँडेको भिडियो सार्वजनिक भयो । जसको परिणाम दोलखाले एउटा पनि पदाधिकारी जित्न सकेन ।

नुवाकोटका केशव पाण्डेलाई बन्धक बनाइयो, अन्तिममा उनलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिइयो । ओलीलाई अप्ठेरो परिस्थितिमा साथ दिँदै आएका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफ्नो रुचिबेगर कैलाश ढुंगेललाई काँध थापेर हिँड्नुपर्यो । ‘वाग्मतीमा सहज प्रतिस्पर्धा गर्न दिएको भए ढुंगेललाई आफ्नै जिल्लाबाट असहयोग हुने थियो, अन्य जिल्लाबाट त उनलाई मत आउने सम्भावनै थिएन,’ एमालेका एक पदाधिकारीको दाबी छ ।  

लुम्बिनीमा आफूले चाहेको व्यक्तिले नजितेपछि ओलीले वाग्मतीमा प्यानल बनाएर उम्मेदवारी नै खारेज गरिदिने धम्की दिएका थिए । तर ओली पक्षकै नेताहरूले प्यानलमा बनाएर प्रतिनिधिलाई आधिकारिक उम्मेदवारका रूपमा भ्रम फैलाएका थिए । 

वाग्मतीमा कृष्ण दाहाललाई हराउन सिंगो समूह नै परिचालन भयो । पार्टीको स्रोतसाधन परिचालन गरियो । दाहाललाई हराउन जसरी एमालेको शक्ति लाग्यो, त्यसले एमालेमा गम्भीर समीक्षा माग गरेको एमालेका कार्यकर्ताले जनाएका छन् । दाहाललाई हराउन १० प्रतिशत प्रतिनिधि एकलौटी किसिमले मनोनीत गरिएको थियो । त्यसो गर्दा पनि हराउन नसकिने भएपछि अधिवेशन चार दिनसम्म पर सार्ने काम गरिएको थियो । पार्टी कार्यालयमै काठमाडौं इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला र सचिवसहित बसेर क–कसलाई मत दिने भनेर प्यानल नै बनाएका थिए । त्यो समूहमा स्व. मदन भण्डारी फाउन्डेसनको रातो टिसर्ट लगाएका युवालाई परिचालन गरिएको थियो । 

दाहाललाई हराउन स्व. मदन भण्डारीको नामको समेत दुरूपयोग गरिएको कार्यकर्ताले आरोप लगाएका छन् । लुम्बिनीमा आफूले चाहेको व्यक्तिले नजितेपछि ओलीले वाग्मतीमा प्यानल बनाएर उम्मेदवारी नै खारेज गरिदिने धम्की दिएका थिए । तर ओली पक्षकै नेताहरूले प्यानलमा बनाएर प्रतिनिधिलाई आधिकारिक उम्मेदवारका रूपमा भ्रम फैलाएका थिए । यो विषयमा पार्टी अध्यक्ष ओली भने मौन बसेका थिए । कोसी प्रदेशमा अध्यक्षका दुवै प्रतिस्पर्धी ओलीका सहयोगी भएकाले उनी चुपचाप राजधानी फर्केका थिए ।  

वाग्मतीको प्रतिस्पर्धालाई नियालेका ओलीले कोसी र कर्णालीमा प्रदेशमा उम्मेदवारी खारेको कुरा गरेनन् । उनले सकेसम्म प्रतिस्पर्धा नगर्न, सर्वसम्मत रूपमा नेतृत्व छान्न नसकेमा मात्रै प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । तर उनको निर्देशनलाई अवज्ञा गरेका थिए । एमालेले अब तीनवटा प्रदेशको अधिवेशन गर्न बाँकी रहेको छ । 

उपत्यका विशेष प्रदेशको पनि यही असोज १९ गतेदेखि अधिवेशन सुरु हुनेछ । उपत्यका विशेष प्रदेशलाई भने सकेसम्म प्रतिस्पर्धीविहीन बनाउने योजना रहेको स्रोतले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, उपत्यका प्रदेश र मधेस प्रदेशको अधिवेशन गर्न बाँकी रहेको छ । ती प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । मधेस प्रदेशमा प्रतिनिधि छनोटमा समेत निर्वाचन भएको छ । शनिबारदेखि मधेस प्रदेशका जिल्लामा प्रतिनिधि छनोट सुरु भएको छ । असोज २४ र २५ गते अधिवेशनको मिति तय गरेपछि सबै जिल्लामा प्रतिनिधि छनोट सुरु भएको हो । कतिपय पालिकामा प्रतिनिधि छनोटमा नेताहरूले प्रभाव भएको पालिकामा एकतर्फी गरेको बताइएको छ ।

एमालेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले सकेसम्म सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताएका छन् । यस्तै उपत्यका विशेष प्रदेशको पनि यही असोज १९ गतेदेखि अधिवेशन सुरु हुनेछ । उपत्यका विशेष प्रदेशलाई भने सकेसम्म प्रतिस्पर्धीविहीन बनाउने योजना रहेको स्रोतले जनाएको छ ।

प्रकाशित: १६ आश्विन २०८० ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App