१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फोटोमा ‘न्यायको प्रतिक्षा’

बबरमहलस्थित नेपाल कला परिषद्मा द्वन्द्व पीडितहरूले न्यायको लागि गरेको प्रतिक्षामा आधारित फोटोहरू प्रदर्शनीमा राखिएका छन्। बिहीबारदेखि सुरू भएको द्वन्द्व पीडितहरूको ‘न्यायको प्रतिक्षा’ नामक फोटो प्रदर्शनीमा नेपालभरबाट संकलन फोटोहरू समावेश गरिएका छन्।

चित्रमा युगल जोडीको प्रेम

चित्रकार सबिता डंगोलको एकल चित्रकला प्रदर्शनी सुरू भइरहेको छ। उनको पाचौं ‘इम्ब्रासेस’ नामक एकल चित्रकला प्रदर्शनी पाटनस्थित ईमेज आर्क ग्यालरीमा प्रदर्शन भइरहेको छ।

रिमालको एकल प्रदर्शनी बिहीबारदेखि

इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी असार ५ गतेदेखि हुने भएको छ।

डुङ्गाभरि देवता

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्।

कलामा झल्कियो भोटेकोसी सभ्यता

प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं।

डिएभीमा विज्ञान प्रदर्शनी

डिएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा एसइई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कलेजद्वारा जानकारी गराइएको छ।

औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादनमा जोड

राजधानीको भृकुटीमण्डपमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी सुरु भएको छ।

साढे दुई खर्ब विदेशी लगानी अनुमति

स्वदेशी पुँजी पर्याप्त नभएर सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न लगानीकर्तालाई आह्वान गरिरहेको बेला विभिन्न मुलुकका तीन कम्पनीले करिब साढे दुई खर्ब रुपैयाँ लगानी गर्न अध्ययन अनुमति लिएका छन्।

रानीपौवामा कृषि मेला सुरु

मेलाले प्रदर्शनी स्थलमा कृषकका उत्पादन आम उपभोक्तासम्म पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत समुन्नत कृषिग्राम निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ।

इन्डोनेशियामा नेपाली कला प्रदर्शन

इन्डोनेशियाको बालीस्थित उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा एक सातादेखि चलिरहेको नेपाली तथा इन्डोनेशियन कलाकारहरूको सामूहिक कला प्रदर्शनी आइतबारबाट सकिएको छ।

राष्ट्रपतिले बेइजिङमा रोपिन् सल्लो

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैंचा’मा लोठसल्लाको बिरुवा रोपेर उद्घाटन गरेकी छन्।

ककनीमा कृषि प्रदर्शनी हुने

नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ। नुवाकोटको कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कृषि मेला गर्न लागेको हो।

बेइजिङमा नेपाली थाङ्काको प्रदर्शनी

प्रदर्शनीमा ३० वटा पौभा चित्र राखिएका छन्। ३० वटामा २५ वटा नेवारी थाङ्का अर्थात् पौभा चित्र रहेका छन् भने ५ वटा तिब्बती थाङ्का रहेका छन्।

भक्तपुरमा चित्रकला प्रदर्शनी

विभिन्न कलाकारहरूले तयार पारेको चित्रहरूको प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।

हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी

चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ। बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्