२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भक्तपुरमा चित्रकला प्रदर्शनी

भक्तपुर – विभिन्न कलाकारहरूले तयार पारेको चित्रहरूको प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक कलाकार गेहेन्द्रमान अमात्यले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।

नगरपालिका प्रमुख प्रजापतिले कलाकारहरूले आफ्नो सीप र कलालाई समाजको हितको लागि प्रयोग गर्नुपर्ने बताए। भक्तपुर नगरपालिकाले चित्रकलाको विकासको लागि विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरेको बताउँदै उनले नगरका विद्यालयहरुमा चित्रकलाको अध्ययन अध्यापनबारे छलफल भइरहेको जानकारी गराए। कार्यक्रममा कलाकारहरू राजेन्द्र याकामी, रमेश प्रधान र विवेकमान सिंह प्रधानलगायतले पनि चित्रकलाको महत्वबारे चर्चा गरे। प्रदर्शनी भक्तपुर दरबार क्षेत्रमा भएको हो।

प्रकाशित: २ वैशाख २०७६ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App