१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कुलमा प्रदर्शनी गर्न शुरु गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन्।

आजबाट ऊर्जा प्रदर्शनी

नेपालस्थित जर्मन दूतावासको आयोजनामा आजबाट ऊर्जासम्बन्धी प्रदर्शनी हुँदैछ। १६ दिन चल्ने प्रदर्शनी पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने दूतावासले जनाएको छ। ‘जर्मन ऊर्जा रुपान्तरण: जर्मनीको ऊर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख अन्तिम साता

‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना हुन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

प्रकृतिमा रमाउँदै चित्रमा रंग

उमेरले ४८ वर्ष लागिसके पनि उनी जिल्लामा स्थापित चित्रकार हुन्। प्रकृतिप्रेमी जीवन र प्रकृतिलाई आँखाले नियाल्दै हातले ब्रस चलाउने उनको मन पछिल्लो तीन महिनादेखी मिलेको छ। चित्रकारिता गर्न थालेको ३० वर्षे अवधिमा बेलाबखत मात्र उनी चित्र कोर्नकै लागि प्रकृतिको सामिप्यतामा पुग्छन्। उनले दुबई, भारत र नेपालका केही ठाउँमा पुगेर प्राकृतिक सुन्दरतालाई नियाल्दै चित्र पनि बनाए। घरभित्रको कोठामा बसेर कुनै भावलाई लिएर चित्र कोर्ने उनी अर्थात प्रकाश थापा शनिबार देवघाटमा भेटिए।

तस्बिरमा महात्मा गान्धी

नेपालस्थित भारतीय राजदुतावास र भारतीय संस्कृति मन्त्रालयको आयोजनामा राजधानीमा बिहीबारबाट महात्मा गान्धीको जीवनीलाई प्रस्तुत गरिएको फोटो प्रदर्शनी ‘फोटो एक्जिबिसन अन गान्धीजी’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा राखिएका गान्धीका तस्बिरहरू नयाँदिल्लीस्थित गान्धी स्मृति दर्शन समितिले संकलन गरेको हो।

चित्रकलामा आमाको थैली

कलाकार सौरगंगा दर्शनधारीको आमाको थैलीसँग पुरानो निकटता छ । बालक उमेरमा आमाको थैलीभित्र बज्ने सिक्काको खनखन्को आवाज अझैपनि उनको मस्तिष्कमा ताजै छ ।

प्रांगारिक कृषि प्रवद्धन मेला सम्पन्न

रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

नाटकसँगै फोटो प्रदर्शनी

राजधानीमा सोमबारबाट जारी ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९’मा बुधबार चार स्थानमा चार नाटक मञ्चन भए।

भृकुडीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला

भारतीय अटो मोबाइल्स कम्पनी महिन्द्राले शुक्रबादरदेखि भृकुटीमण्डपमा भव्य रुपमा महिन्द्रा उदय मेला सुरु गरेको छ। नेपालमै पहिलोपटक बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी थिइन्।

प्रदर्शनीमा सहभागी हुँदा

हामीले झन्डै दुई हप्ता अघिदेखि नै प्रदर्शनीको तयार गर्न थाल्यौँ। हामीले पहिले कम्प्युटर पढाउने विषय शिक्षकसँग केके गर्ने भनेर सोध्यौँ। उहाँले हामीलाई प्रदर्शनीका लागि सामग्री तयार पार्ने विधि सिकाइदिनुभयो।

‘महिन्द्रा उदय’मा एक्सयुभी ३०० र मराजोको सोकेस

महिन्द्राका नेपाली बजारमा उपलब्ध भएका ३० भन्दा बढी उत्पादनलाई एउटै छानामुनि सोकेस गर्दै महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणबारे जानकारी दिने उद्देश्यले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन ‘महिन्द्रा उदय’ नामबाट एकल अटो प्रदर्शनी हुन लागेको छ।

महिन्द्रा उदयमा राखिँदै एक्सयूभी ३०० र मराजो

महिन्द्राले एकल अटो प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रर्दशनीमा नेपालमा भएका महिन्द्राका ३० भन्दा बढी ब्रान्ड राखिनेछन्। ‘महिन्द्रा उदय’ नामबाट हुन थालेको यो एकल अटो प्रदर्शनी हो। महिन्द्रा ब्रान्ड, यसका उत्पादन, प्रविधि र विकास चरणलाई आम नागरिकसमक्ष जानकारी दिने अटो प्रर्दशनीको उद्देश्य छ।

विदेशबाट फिर्ता भएका मूर्तिहरू प्रदर्शनीमा

गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन्।

अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै

घरेलु तथा साना उद्योगको उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्