२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

सहमति नभएपछि सबै दरखास्त केन्द्रमा

नेपाली काँग्रेस पर्वतले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको दाबी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीन÷तीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, यस्तो छ सहमतिपत्र

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल भएको छ। तीन पार्टीबीच पार्टी एकताको प्रक्राय समेत सुरु भएको छ।

चारबुँदे सहमतिपछि डाक्टरको अान्दाेलन फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन्।

डा.केसीसँगको सहमति लत्याउँदै चिकित्सा शिक्षा विधेयक पारित गर्न तीन दल एकठाउँ

केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका छन्। सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई बाटो खोल्न प्रमुख दुई दल एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिएसँगै अप्ठेरोमा परेको सरकार नेतृत्वकर्ता कांग्रेस पनि विधेयक पारित गर्ने कुरामा लचिलो देखिएको छ।

सम्मानीय र माननीयलाई एकै दर्जामा, गृहको असहमति

पूर्वपदाधिकारीको सूचीमा पूर्वसांसदलाई पनि राख्ने प्रस्तावप्रति गृह मन्त्रालयले असहमति जनाएको छ । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमाथि बोल्दै गृहमन्त्री जनार्दन शर्माले सम्माननीय र माननीयलाई एकै ठाउँमा राखेर विधेयक पारित गर्न नमिल्ने बताए ।

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै लास जिम्मा नलिएपछि २ दिनदेखि अस्पतालमै रहेको सुत्केरी महिलाको शव १ लाख रुपैयाँको कोष खडा गर्ने सहमतिपछि पीडितपक्षले जिम्मा लिएका छन् । पीडितपक्ष र अस्पतालबीच २ दिनसम्म भएको ३ चरणको वार्तामा मृतकका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि १ लाखको कोष तत्काल स्थापना गर्ने सहमतिपछि सोमबार विहानदेखि अस्पतालमै रहेको लास आफन्तले मंगलबार साँझ बुझेका हुन्।

प्रमको भारत भ्रमण तयारी : विगतका सहमति कार्यान्वयनमा जोड दिने

त्यस्तै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारदेखि गर्ने भारत भ्रमणका क्रममा पुराना सन्धिसम्झौताका विषयमा छलफल गर्ने निर्णय गरेको छ। लक्ष्मणपुर र कोसी बाँधले पुर्‍याएको नोक्सानी र भूकम्पपछि पुनर्निर्माणलाई आर्थिक सहयोगका विषयमा पनि भ्रमणमा कुरा उठाउने निर्णय भएको छ।

सकारात्मक सहमति

संक्रमणकाल पार लगाउन होस् वा संवैधानिक बाध्यताअनुरूप निर्धारित मितिमै सबै तहको निर्वाचन गरी संघीयता संस्थागत गर्न वा निर्वाचन खर्चमा मितव्ययिता कायम गर्न नै किन नहोस्, प्रदेश र केन्द्रको निर्वाचन एकै मितिमा गर्नुको विकल्प छैन।

नेपाल र चीनबीच पेट्रोलियम अन्वेषण गर्ने सहमति

नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन्।

झन् जटिल बन्दै सहमति

स्वास्थ्य क्षेत्रमा सुधारका माग गर्दै डा. गोविन्द केसी अनशन बसेको २१ औं दिन बितिसक्दासमेत सरकारी वार्ताटोली र केसी पक्षबीच सहमति बन्न सकेको छैन ।

यस कारण भत्कियो सहमति, 'चिटिङ' गरेर विधेयक पारित

चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितिमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो।

पेरिस र लस एन्जल्सबीच सहमति

लस एन्जल्सले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) नेतृत्वसँग २०२४ को संस्करण आयोजनाको दाबीमा पेरिसलाई सघाउँदै आफूले २०२८ को ओलम्पिक आयोजना गर्ने सहमति गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएकोे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा निर्वाचनमा सहभागी हुन राजपाले स्थानीय तहको संख्या थपलाई सर्त बनाएपछि सत्ता साझेदार दल त्यसका लागि तयार भएका हुन्।

झण्डा झिकेपछि चुलिएको कांग्रेस र एमाले द्वन्द्व सहमतिमा टुंगियो

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चुलिएको द्धन्द्ध सहमतीमा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचमा भएको बिवाद द्धिपक्षीय सहमतीमा टुंग्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्