२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाँजा तस्कर भन्दा सर्वसाधारणलाई सास्ती

जीतपुरसिमरा–१६ टांगियाबस्तीका रुकबहादुर रुम्बा आगुऔषध गाँजा तस्करी गरेको आरोपमा १३ दिनदेखि ईलाका प्रहरी कार्यालयको हिरासतमा छन्।

'गाँजा भनेको गाँजा हो, आधा नेपालीको खाजा हो'

‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो, गाँजा भनेको गाँजा हो आधा नेपालीको खाजा हो' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पन्ध्र केजी गाँजासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजासहित एक जनालाई पक्राउ गरेको छ। घरमा लागू औषध गाँजा लुकाइ राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका ५७ वर्षीय मगम राईलाई शनिबार पक्राउ गरेको हो।

उदयपुरको पूर्वी नाकाबाट गाँजासहित दुई युवा पक्राउ

सुनसरीसँग सीमा जोडिएको बेलका नगरपालिका ८ कोठु चतरा पुलस्थित अस्थायी प्रहरी पोष्टल ट्याक्सीमा चेकजाँच गर्दा गाँजासहित उनीहरु फेला परेका हुन्।

१५० किलाे गाँजासहित दुई जना पक्राउ

सप्तकोशीको पूर्वी तटबन्ध सुनसरी बराहक्षेत्रबाट दक्षिणतर्फ लग्दै गर्दा प्रहरीले एक सय ५० किलाे गाँजासहित दुई जनालाईं पक्राउ गरेको छ।

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित सडकखण्डबाट १४३ किलो ३ सय ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

एम्बुलेन्समा एक सय किलो गाँजा !

एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो। सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !

१९ केजी गाँजासहित एक पक्राउ

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

दुई किलो गाँजासहित चौधरी पक्राउ

उदयपुर प्रहरीले एक स्थानीयलाई अवैध गाँजासहित घरैबाट पक्राउ गरेको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका १ अजगडाका ५५ वर्षीय तिलक चौधरी शुक्रबार घरमै लुकाएर राखेको गाँजासहित पक्राउ परेका हुन्।

सात केजी गाँजासहित एक युवक पक्राउ

सोमबार बेलुकी ५ बजेतिर ना४च १५१६ नंको बरगाछी बजारतिर आउँदै गरेको पिकअप भ्यानमा सवार राईलाई गस्तीमा रहेको प्रहरीले शङ्का लागेर जाँच गर्दा पक्राउ परेको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

गाउँमै भेटियो गाँजा प्रशोधनस्थल

विगतमा धेरै गाँजाको कारोबार गर्ने स्थानहरूमा कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेञ्ची र फलामको मेसिनहरु प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले सादा पोशाकमा समेत टोली परिचालन गरेको छ ।

गजडी गफ होइन गाँजा खेती

एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देश गाँजा प्रयोगमा उदार हुँदै गएका छन् ।

१६ बिघामा लगाइएको गाँजाखेती नष्ट

नारायणखोलामा किसानले लगाएको करिब १६ बिघाको अवैध लागुऔषध गाँजाखेती नष्ट गरिएको छ। लालबन्दी नगरपालिका–१४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिकरुपमा ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरसहितको टोली सो गाँजाखेती नष्ट गरेको हो।

‘गाँजाखेतीलाई वैधानिक बनाएर कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको सुरूवात गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। साथै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको समेत सुरूवात गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्