७ आश्विन २०८१ सोमबार
image/svg+xml

संविधान प्रतिकूलका विधेयक फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको प्रतिकूल हुनेगरी सरकारले संघीय संसद्मा दर्ता गरेका तीन विधेयक तत्काल फिर्ता लिन माग गरेको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सुरक्षा, मानव अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिदै सबै प्रकारका निरंकुशताविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो। संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको भएको जनाउँदै कांग्रेसले भनेको छ, ‘संविधान प्रतिकूलका उपरोक्त विधेयक फिर्ता गर्न जोडदार माग गर्दछ।’

प्रेस विरोधी विधेयक फिर्ता लिन कांग्रेसको माग

सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकुल हुने गरी विधेयकहरु संसदमा दर्ता गराएको भन्दै आपत्ति जनाएको छ।

‘सरकारको कार्यसम्पादन कमजोर, जनता र प्रेसप्रति अनुदार’: गगन थापा

स्थिर सरकारले एक वर्षमा विकासको यात्रामा कार्यसम्पादन गर्न नसकेर पुरै असफल भएको उनले ठोकुवा गरे। उनले थपे, ‘कार्यसम्पादन गर्न नसकेपछि त प्रेसले बोल्छ, मान्छेले बोल्छन् भनेर सरकार अनुदार बनेको छ।’

सरकारले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्न खोज्यो : कांग्रेस

सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकुल हुने गरी विधेयकहरु संसदमा दर्ता गराएको भन्दै आपत्ति जनाएको छ।

धान र गहुँको फरक नबुझ्नेलाई कांग्रेसले अर्थमन्त्री बनायो, अर्थतन्त्र बिगारियोः प्रदीप गिरी

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन्। यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

प्रदेश ३ को स्थायी राजधानी तत्काल तोक्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेशसभामा धेरै सांसदले पटक–पटक माग गरे पनि राजधानीसम्बन्धी विषय उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे।

उवासंघमा चिपालुको प्यानल विजयी

इलाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा नेपाली कांग्रेसनिकट व्यवसायीको प्यानल विजयी भएको छ। अध्यक्षमा ईश्वर चिपालुसहित सबै पदमा कांग्रेसनिकट व्यवसायीले चुनाव जितेका हुन्।

सञ्चारमन्त्रीलाई देउवाको प्रश्नः जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ।

प्रेस स्वतन्त्रता विरोधी विधेयकविरुद्ध संसदमा फेस गर्छाैं- कांग्रेस

विश्वव्यापी रुपमा प्रेस सम्बन्धमा दुई मापदण्ड प्रसिद्ध छन्। पहिलो, जहाँ लोकतन्त्रको समुन्नत अभ्यास छ, त्यहाँ प्रेसले निर्वाध काम गर्न पाएको छ र आफ्ना लागि आचारसंहिता आफै तय गरेको छ। दोस्रो, जहाँ अधिनायकवाद छ, त्यहाँ प्रेसलाई सरकारले या त सोझै नियन्त्रण गरेको छ या अनेक कानून निर्माण गरेर घुमाउरो ढंगले नियन्त्रणमा राखेको छ। नेपाली कांग्रेस सोध्न चाहन्छ दोस्रो बाटो हिडेर सरकार आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दावी गर्न कसरी सक्छ?

संसदमा उठ्यो विलासी मोटरगाडी खरिदमा रोक लगाउने माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले विलासी मोटरगाडी खरिदमा रोक लगाउन माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद डा.डिला संग्रौलाले विलासी गाडी खरिदमा वर्षेनी अरबौं रुपैयाँ फजुल खर्च हुने गरेको भन्दै रोक्न माग गरेकी हुन्।

कांग्रेस नैतिकवान पार्टी होः नेता पौडेल

उनले कांग्रेस नैतिकवान र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे। वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे।

सरकारलाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाव

नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव सुझाएका छन् प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद कार्कीले अर्थमन्त्री डाक्टर युवराजखतिवडालाई राजनीतिक आग्रह र पुर्वाग्रहबाट मुक्त हुन सुझाएका हुन्।

कांग्रेस निकट कर्मचारीमा भाँडभैलो

नेपाली कांग्रेस निकट कर्मचारी संगठनभित्रको आन्तरिक विवाद तीव्र बनेको छ। विवाद बढ्दै जाँदा शनिबार जुम्लामा बसेको बैठकमा नेपाल निजामती कर्मचारी युनियन (संघ)को चौथौ पूर्ण केन्द्रीय समितिको बैठक महासचिवसहित १३ पदाधिकारीले बहिस्कार गरेका छन्। ८५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष गोपाल पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, उपाध्यक्ष उत्तम कटुवाल, सचिव नवराज पाण्डे, यज्ञ ओलीसहित ५५ जना बैठकमा सहभागी छन्। महासचिव सुभाष कोइराला, उपमहासचिव यज्ञराज अर्याल, सचिव जनक रावल, कोषाध्यक्ष धर्मेस गौतम, सचिव शंकर पाण्डे, अशोक रौनियारसहितका केन्द्रीय समितिका ३० जना सहभागी छैनन्।

कांग्रेसमा गुट छैन, यसकाे कल्पनासमेत नगर्नुस् : महामन्त्री कोइराला

कम्युनिस्ट सरकारको हावादारी गफले मुलुक गम्भीर अवस्थामा पुगेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्