७ आश्विन २०८१ सोमबार
image/svg+xml

काँग्रेस र एमालेमात्र प्रतिस्पर्धाको पार्टी : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा दुई पार्टीबीच मात्र प्रतिस्पर्धा हुने गरेको बताएका छन् । उनले काँग्रेस र एमालेमात्र प्रतिस्पर्धाका पार्टी भएको र अरु तराजुका ढक जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले  प्रदेश समन्वय समिति प्रदेश नम्बर ४ को पार्टी प्रवेश कार्यक्रममा ओलीले एमाले जनताको साझा पार्टी भएको बताएका छन् ।

सिन्धुपाल्चोकका २५०  काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा एमालेमा प्रवेश गरेका छन्।

बिहीबारसम्म कांग्रेसको २ नम्बर प्रदेशमा उम्मेदवार टुंग्याउने

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले बिहीबारसम्ममा प्रदेश नम्बर दुईको उम्मेदवार टुंगो लगाउने भएको छ।

'कांग्रेसको सिद्धान्तमा होइन, कार्यशैलीमा थुप्रै समस्या छन्'

भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन ।

कांग्रेसको चुनाव खर्च दुई करोड

कांग्रेसले निर्वाचन आयोगलाई बुझाउन तयार पारेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा स्थानीय निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७ सय ४१ रुपैयाँ खर्च भएको उल्लेख छ।

स्थानीय तह निर्वाचनमा काँग्रेसको खर्च दुई करोड

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा झन्डै दुई करोड खर्च भएको जनाएको छ । निर्वाचन आयोगलाई बुझाउन आर्थिक वर्ष २०७३/०७४को आर्थिक प्रतिवेदन तयार गर्दै कांग्रेसले निर्वाचनमा १ करोड ९० लाख ३० हजार ७सय ४१ खर्च देखाएको हो ।

कांग्रेसमा अनुशासन समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँचसदस्सीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार अनुशासन समिति गठन गरेका हुन्।

बागीलाई कारवाही गर्न काँग्रेसद्वारा समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँच सदसीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बाघी उम्मेदवारी दिनेलाई कारवाही गरी छाड्ने प्रतिवद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार नयाँ दिल्ली उड्नु अघि अनुशासन समिति गठन गरेका हुन्।

कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति

स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रूपमा पनि घाटा लागेको छ। चुनावपछि कांग्रेसको बंैक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ। साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बंैकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ।

दुई मन्त्रीसहित कांग्रेस नेता पौडेल बाढी प्रभावित क्षेत्रमा

तराई/मधेसका बाढी प्रभावितले तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधानका योजना बनाउन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रको निरीक्षणका लागि कृषिमन्त्री रामकृष्ण यादव र सिँचाइमन्त्री सञ्जय गौतमलाई साथै लिएर शनिबार रौतहट, सर्लाही र सप्तरी पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधान गर्ने योजना बनाउन उनीहरूले आग्रह गरेका हुन्।

बाढीपीडितलाई सघाउन कांग्रेस महामन्त्रीको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तराईका बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि आआफ्ना क्षेत्रबाट योगदान दिन पार्टी मातहतका निकायलाई निर्देशन दिएका छन्।

बाढीपीडितको सहयोगमा परिचालन हुन काँग्रेसको सर्कुलर

नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहत र उद्धारमा पार्टी भ्रातृ संगठनहरुलाई परिचालन गर्ने भएको छ। पार्टी महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा पार्टी भ्रातृ तथा शुभेच्छुक संगठनहरुको बाढीपहिरोबाट पीडितलाई राहत दिलाउन र उनीहरूको उद्धारमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएको हो।

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

जिसस सिन्धुलीमा कांग्रेसलाई धोका, एमालेका बर्मा विजयी

जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानल विजयी भएको छ। जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिमा नेकपा एमालेका शंकराज बर्मा निर्वाचित भएका छन्।

दुई नम्बर प्रदेशमा अन्तरघात कम गर्ने कांग्रेस रणनीति

नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि साउन मसान्तभित्र उम्मेदवारको टुंगो लगाई अन्तरघात हुन नदिने रणनीति बनाएको छ । पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत् नतिजा नआउनुमा अन्तरघात प्रमुख कारक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले यस्तो रणनीति बनाएको हो । आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावका लागि उम्मेदवारको टुंगो छिट्टै लगाएर सम्भावित असन्तुष्टि व्यस्थापन गर्ने तयारीमा कांग्रेस जुटेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्