२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कृषि विकास बैंकको ऋणपत्र सूचीकरण गर्न सम्झौता

आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको बैंकको एक हजार रूपैयाँ अंकित दरका ६० लाख कित्ता (४ प्रतिशत ब्याजदर) कृषि ऋणपत्र सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्न बैंक र नेप्सेबीच सम्झौता भएको हो।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ। यो हालसम्मकै शीर्ष स्थान हो।

सेयर भित्रको कारोवार: अर्थले धितोपत्र बोर्ड र नेप्सेसँग स्पष्टीकरण माग्यो

रेबिका र सुशीलाकुमारीको नाममा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुकुमार न्यौपानेले २०७७ पुस २० मा प्रतिकित्ता दुई सय ५० रूपैयाँका दरले १०–१० हजार कित्ता सेयरको हक हस्तान्तरण गरेको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा छ। त्यतिबेला सर्वोत्तमले बुक विल्डिङ पद्धतिबाट सेयर जारी गर्ने तयारी गरिसकेको थियो।

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ।

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

धितोपत्र बोर्डको भनाइमा आपत्ति

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललेधितोपत्र बोर्डले ५१ सूचीकृत कम्पनीबारे सार्वजनिक गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

धितोपत्र बोर्डले भन्यो– ५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल

मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो।

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ । नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ ।

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

पाँच कम्पनीलाई विशिष्टीकृत लगानी कोषको अनुमति दिइँदै

ग्लोबल इक्विटी फन्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआइबिएल एस क्यापिटल लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडले अनुमति पाउनेछन्।

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने थोरै

सहुलियतपूर्ण कर्जा सुरु भएयता एक सय १९ शिक्षितले मात्र शैक्षिक प्रमाणपत्र धितोराखेर बैंकबाट कर्जा पाएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार सहुलियतपूर्ण कार्यक्रम लागू भएपछि हालसम्म १९ वटा बैंकहरूले मात्र ६ करोड ३२ लाख ६६ हजार रूपैयाँ प्रमाणपत्र धितोमाराखेर कर्जा स्वीकृत गरेका छन्।

नेप्सेमा ३५.८९ बिन्दुको गिरावट

धितोपत्रको दोस्रो बजारमा सेयर मूल्यको घटबढ मापन गर्ने सूचक नेप्से आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ३५.८९ बिन्दुले घटेर दुई हजार ६९९.५१ आइपुगेको छ।

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्