८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्सेमा ३५.८९ बिन्दुको गिरावट

धितोपत्रको दोस्रो बजारमा सेयर मूल्यको घटबढ मापन गर्ने सूचक नेप्से आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ३५.८९ बिन्दुले घटेर दुई हजार ६९९.५१ आइपुगेको छ। 

ठूला कम्पनीको मूल्य घटबढ मापन गर्ने सेन्सेटिभ सूचक ६.२९ ले घटेर ४८६.१६ कायम भएको छ। यस दिन २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर आठ अर्ब ८० करोड १८ लाख तीन हजार २१५ रूपैयाँमा किनबेच भए। आइतबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार कायम भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको सूचक मात्रै उकालो लागेको छ। सो उपसमूहको सूचक ०.०६ बिन्दुले बढेको छ। यस्तै, बैंकिङ ३३.२९, व्यापार १२५.३९, होटल तथा पर्यटन ९२.७९, विकास बैंक ४८.३, जलविद्युत् ३२.३८, वित्त १६.०६, निर्जीवन बिमा १८३.१९, उत्पादन ६७.८६, अन्य २१.०१, लघुवित्त ५०.३२, जीवन बिमा११६.६२ र लगानी ०.४६ विन्दुले ओरालो लागेको छ। रासस

प्रकाशित: ६ वैशाख २०७८ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App