३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

राैतहटबाट सिकेका ९ जना समर्थक पक्राउ

सिके राउतको रौतहट जिल्ला संयोजकसहित नौजना कार्यकर्ता रौतहटमा फक्राउ परेका छन्। जुलुस निकाल्ने तयारीमा रहेका कार्यकर्ताहरुलाई गरुडा नगरपालिकाको झाँझपुलबाट नौ जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताएका छन्।

सिके राउतका २१ समर्थक लाहानबाट पक्राउ

नेपालबाट तरार्इ भूभाग टुक्रयाउने अभियानमा लागेका चन्द्रकान्त राउत (सिके)लार्इ रिहाइ गर्न मागसिहत प्रदर्शनमा उत्रिएका २१ जनालार्इ लाहान प्रहरीले नियन्त्रणमा लिएकाे छ।

गैडाको खाग सहित पक्राउ

ललितपुर देवीचौर–७ देउराली बस्ने २३ बर्षीय समिर वाईबा र काभ्रेपलाञ्चोक कानपुर –५ बस्ने २१ बर्षीय निरन लामालाई गैडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ।

‘नागमणी’ खोजी धन्दा गिरोहका १० पक्राउ

‘विशेष किसिमको सर्पको टाउकोमा हुने अनमोल रत्न’ नागमणीको कथित रुपमा कारोबार गर्ने गिरोहमा संलग्न १० जनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाहीका विजय बल, सुवेष घलान, सागर श्रेष्ठ, योगेन्द्र भट्ट, नशीम अख्तर, काभ्रेका मोहन मगर, राजु लामा मकवानपुरका अमित बोम्जन, काठमाडौं बुढानिलकण्ठका प्रेमलाल श्रेष्ठ र बाराका मोहमद अब्दुल्लाह रहेका छन्।

मंगोल नेशनल अर्गनाईजेसनका तीन कार्यकर्ता पक्राउ

गाडी पार्कीङ्गको विषयमा जिल्ला सदरमुकाम तानसेनमा झडप हुँदा दुई जना घाईते भएका छन्। मंगोल नेशनल अर्गनाईजेसनको जिल्ला अधिवेशनमा आएका रामेछापमा युवाहरुले स्थानीयहरुसँग झगडा गर्दा झडप भएको थियो।

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

२१ सय प्रतिवन्धित लागुऔषध ट्याव्लेट सहित युवक पक्राउ

प्रहरीले प्रतिवन्धित लागुऔषध नाइट्रोभेटको २१ सय ट्याव्लेट सहित एक युवालाई पक्राउ गरेको छ।

बलात्कार आरोपमा प्रअ पक्राउ

सुस्त मनस्थिति भएकी ३८ बर्षीया स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा सदर्शन मावि लिखोडा,सलेनाका प्रअ रामबहादुर चन्द पक्राउ परेका छन्।

१२ वर्षीया बालिका करणीको अभियोगमा राउत पक्राउ

१२ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ।

'बाउले बिहे गर्देनन्'का गायक ओझा पक्राउ, १० वर्ष कैद

बाउले बिहे गर्दैनन् पोर पनिका गायक एवं मानव वेचबिखन तथा ओसार पसार अपराधका दोषी प्रकाश ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ।

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो।

जासुसी आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली २ महिलासहित ५ जना पक्राउ परेका छन्। लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी,  एक प्यालेस्टाइनी पुरुष र  नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो। पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ।

‘सिके राउँतलाई सरकार किन पक्राउ गर्दैन?’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद डा.सुबोध पोखरेलले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिनेहरुलाई सरकारले छुट दिइरहेको बताएका छन्। आइतबार संसदमा बोल्दै उनले राष्ट्र विखण्डनकारी अभिव्यक्ति दिने सिके राउँतलाई सरकारले छुट दिइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्