जनैपूर्णिमामा तेमालमा दुई दिन सार्वजनिक बिदा
परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए
परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए
मकर संक्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो।
काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।
मध्य नेपालको सानो ऐतिहासिक नेवार सहर हो, पनौती। धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको छ, यो शहरले। पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो। भनिन्छ यो शहर भूकम्प नजाने र ढिकी चलाउन नहुने जस्ता मान्यता बोकेको नगर पनि हो। देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ। यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ। यस मेलालाई मकर मेला भनिन्छ।
पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। नगरको विशेषतालाई अक्षरमा लिपिबद्द गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पुस्तक उपयोगी
काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ।
पनौती नगरपालिकाले बहु–उपयोगी भैंसीको आनुवांशिक संरक्षण अभियान थालेको दुई वर्ष पुगेको छ।
२०४० को दशकसम्म पनौतीलाई ‘पोखरेली मसिनो’ चामल र रोशी खोलाको ‘असला’ माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो। २०४४ सालतिर भित्रिएको खुमल–४ जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो। यस्तै, रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए।
पनौती नगरपालिकाका वडा नम्बर दुई र तीनलाई बालमैत्री घोषणा गरिएको छ। ‘आवश्यक विभिन्न ३९ वटा सूचक पूरा गरेकाले दुई र तीन वडालाई बालमैत्री घोषणा गरेका हौं,’ वडा नम्बर दुईका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने। उनका अनुसार पूरै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य छ।
पनौती नगरपालिकाले दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालाहरुको सहभागितामा दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि असल दूध उत्पादन अभ्यासमा जोड दिन थालेको छ। यस अभ्यासअन्तर्गत उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई दक्ष र सक्रिया बनाउने नीति लिइएको छ।
पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।
काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारले झैं बजेट निर्माणका लागि सुझाव संकलन गर्ने र चालु आर्थिक वर्षको प्रगति सुनाउने हिसाबले पूर्वबजेट (प्रि–बजेट) छलफल सम्पन्न गरेको छ।
पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ।
पनौतीमै जन्मीहुर्की फोटोग्राफीमा दुई दशक बिताइसकेका पत्रकार प्रशान्त श्रेष्ठलाई जन्मथलोको पुरानो अवस्थालाई फोटोको माध्यमबाट नयाँ पुस्तालाई चिनाउन हुटहुटी चलेको छ। उनले गत कात्तिकमा तिहारको छेको पारेर जन्मथलोमै ‘उहिले र अहिलेको पनौती’ शीर्षकमा तीनदिने फोटो प्रदर्शनी सम्पन्न गराए।
एउटै चट्टानमा बनेको सहरका रूपमा ऐतिहासिक एवं पुरातात्विक भूमि पनि हो। चट्टान माथि बसेको शहर भएकाले ०७२ को भूकम्पले यसलाई क्षति पुर्याउन सकेन। यहाँको इन्देश्वर मन्दिर प्राङ्गणमा उन्मत्त भैरव, तुलानारायण मन्दिर लगायत छन्। वरपर अरू मन्दिरहरु, सत्तल, घाट आदि छन्।