१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हुम्ला र डोल्पामा भएकाे हिमपातले जनजीवन कष्टकर, हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्ला र डाेल्पामा पुनः हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले जिल्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जनजीवन निकै कष्टकर बनाएकाे छ। हुम्लामा बुधबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढेको छ।

गाउँलेलाई सहज बनाउँदै मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरव,राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी पहाडबाट राजधानी काठमाडौं पुग्ने ट्र्याक खुलिसकेको छ। ठाउँठाउँमा काम भइरहेकाले सीधा यातायात सञ्चालनमा आइनसके पनि बीचका खण्डखण्डमा भने सवारी सञ्चालनमा आइसकेको छ। पहाडका विभिन्न ग्रामीण क्षेत्रमा सो लोकमार्ग पुगेपछि सुविधा विस्तारका साथै बजारीकरणसमेत बढेको छ। पूर्वी पहाडबाट अबको दुई वर्षमा कालोपत्रे सडक बनेर सहज रूपमा काठमाडौं पुग्न सकिने लक्ष्य रहेको लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मी बताउँछन्।

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

टुटलले विश्वास टुटाउँदा

राजधानी काठमाडौंमा सार्वजनिक यातायात प्रयोगकर्ताका दुःख अनेकन् छन्। भन्नलाई काठमाडौं महानगरपालिका भन्ने ठूलो नाम छ। ललितपुर उपमहानगरपालिका र अन्य नगरपालिका र गाउँपालिकासहित उपत्यकामा झण्डै डेढ दर्जन स्थानीय सरकार छन्। स्थानीय सरकारले यातायातलाई भरपर्दो बनाएका छैनन्।

सडकले फेरिँदै डोल्पालीको जीवन

वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ।

भासिएका भागको अझै भएन मर्मत

नारायणगढ–मुग्लिन सडकखण्डको यात्रा सहज भएको छ। चालीस मिनेटदेखि एक घन्टासम्ममा सजिलै पार गर्न सकिन्छ। तर सत्रकिलो र छब्बीसकिलोनजिक भालुढुंगामा भासिएको सडक मर्मत हुन नसक्दा अलि असहज भइरहेको छ। त्यहाँ एकतर्फी मात्र यातायात सञ्चालन हुने गरेको छ।

कार्यविधि बन्यो, कार्यान्वयन भएन

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्‍यो। तर, कार्यविधि लागू भएको १० महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन। व्यावसायीले गीतसंगीतको रोयल्टी बुझाउन आनाकानी गरेपछि स्रस्टा मारमा परेका छन्।

दुर्घटना नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव

सडक दुर्घटना नियन्त्रणका उपाय अपनाउनुपर्ने भन्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपालमा सडक दुर्घटना भयावह किसिमले बढ्दै गएको उल्लेख गर्दै मंगलबार संसद् सचिवालयलमा प्रस्ताव दर्ता गराएकी हुन्।

‘सिन्डिकेट अन्त्यपछिको व्यवस्थापन अपेक्षाबमोजिम गर्न सकिएन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यपछि अपेक्षाअनुसार  व्यवस्थापन गर्न नसकिएको स्विकारेका छन्। मन्त्रालयको प्रथम चौमासिकको प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिन्डिकेट अन्त्यपछि यसको व्यवस्थापन अपेक्षाअनुसार नभएको स्वीकारे।

यातायातको भाडा घट्यो

जिल्ला प्रशासन कार्यालयमा गत सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको छ। हालसम्म बिना मापदण्ड सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा उक्त बैठकले हालसम्मकै कम भाडादर तोकेको छ।

बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन

खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी पुल (बेलिब्रिज) हालिएपछि दिक्तेल–गाईघाट सीधा यातायात सेवा सुरु भएको छ। दिक्तेल–गाईघाट सडकअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९,लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटारस्थित सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सीधा र छोटो बाटो खुलेको हो।

बन्ने भो शक्तिशाली यातायात प्राधिकरण

सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न अधिकार सम्पन्न शक्तिशाली यातायात प्राधिकरण गठन गर्ने गृहकार्य थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातलाई व्यवस्थित र सुदृढीकरण गर्न प्राधिकरण गठन गर्न लागेको हो।

नागरिक बडापत्रमा सीमित क्षतिपूर्तिको व्यवस्था

सुनसरी इनरुवाका अमिस खड्काले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय चावहिलबाट प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको एक वर्ष पुग्नै लाग्यो। मोटरसाइकल लाइसेन्स लिन राजस्व बुझाएको रसिद नागरिकलाई देखाउँदै खड्काले भने, ‘गत साल पुस २६ गते लाइसेन्स लिन राजस्व तिरेको हुँ, धेरैपटक यातायात कार्यालय धाइयो तर अझै लाइसेन्स पाउने छाँट देखिन्न।’

सुनकोसीमा बेलिब्रिज सञ्चालन

उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।

वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा परिचयपत्र

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्