१० मंसिर २०८१ सोमबार
image/svg+xml

सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बन्ने

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम के कसरी सम्पन्न गर्ने भन्ने विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा आफूले प्रस्ताव पेश गर्ने र ठोस निर्णय लिइने बैठकलाई जानकारी दिइन्। उनले भनिन् ‘सबै जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा सरकार लागेको छ, यसलाई सहयोग गर्न म सबैसँग आग्रह गर्छु।’ मन्त्रालयले करीब चार हजार खानेपानी योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

गत वर्ष ८० हजारमा भएकाे कामलाई अहिले ५ लाख !

डिभिजन वन कार्यालय गोरखाले सामुदायिक वनको ‘बैज्ञानिक वन ब्यस्थापन कार्ययोजना’ निर्माण गर्दा घोटला गरेको पुष्टि भएको छ। गत वर्ष पाँच वटा समुदायिक वनको कार्ययोजना प्रति वन ८० हजारमा तयार भएको थियो भने यस वर्ष ५ लाख रुपैयाँ लिइएको छ। तत्कालिन वन डिभिजन प्रमुख इमनाथ पौडेलले ‘ग्रिनपिस सर्भिसेज प्रालि’ लाई नियम पुरा नगरी चोरबाटो बाट कार्ययोजना वनाउन ठेक्का दिएका थिए।

वन डिभिजन प्रमुखको बदमासीः ठेक्का लिन आफ्नै कम्पनी खडा

डिभिजन वन कार्यालयका प्रमुख रहेका इमनाथ पौडेलले सामुदायिक वनको कार्ययोजना निर्माण गर्न आफैं कम्पनी खडा गरेको भेटिएको छ।

दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुर्नस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ। प्रधानमन्त्री एवं पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुर्नस्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो।

पुनर्निर्माणको आगामी दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ।

नवनियुक्त चिनियाँ राजदूतको कार्ययोजना : दुई देशबीच जनस्तरमा सम्बन्धदेखि बराबरी साझेदारीसम्म

नवनियुक्त चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच विकास अनुभवको आदानप्रदान हुनुपर्ने बताएकी छिन्। कार्यभार सम्हाल्न शनिवार काठमाडौं आएकी राजदूत यान्छीले नेपाली जनताका नाममा सन्देश जारी गर्दै दुई देश र जनताबीच विकास अनुभवको आदान गराउन आफूले पहल गर्ने बताएकी छिन्।

साउन १ देखि सशस्त्र प्रहरी संघीय संरचनामा (कार्ययोजना सहित)

सशस्त्र प्रहरी बलले आफ्नो संगठनलाई संघीय संरचनामा लगेको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजना अन्तर्गत पुनःसंरचना गरेको हो। यो संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने छ।

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पर्यटन मन्त्रीका सय दिने कार्ययोजना

सरकारले विदेशी पर्यटक नेपाल प्रवेश गर्ने एकमात्र हवाई विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखेर १ सय दिनभित्र गरिने प्रमुख काम सार्वजनिक गरेको छ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

डेरी उद्योगीका कार्ययोजना र सुझाव सार्वजनिक

नेपाल डेरी एसोसिएसनले २१ बुँदे कार्ययोजना र पाँचबुँदै सुझाव सार्वजनिक गरेको छ । एसोसिएसनको केन्द्रीय समितिले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी दूध र दुग्ध पदार्थको गुणस्तर सुधारका लागि खाद्य ऐन २०२३ लाई समयसाक्षेप परिमार्जन गर्न पहल गर्नेसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।

सेनाको निर्वाचन सुरक्षा कार्ययोजना तयार

प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा सचिव विनोद केसीबीच आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा सम्बन्धमा नेपाली सेनाको कार्य योजनाका बारेमा छलफल भएको छ।

नियन्त्रण कार्ययोजना बनिरहने, कार्यान्वयन शून्य

राजधानी काठमाडौंको वायु प्रदूषण नियन्त्रणका लागि हालसम्म आधा दर्जन बढी रणनीति र कार्ययोजना बनेका छन्, कार्यान्वयन छैन। प्रदूषणको मात्रा घटेका छैनन् बरु बढिरहेका बेला वातावरण विभाग फेरि नयाँ कार्ययोजना बनाउन लागिपरेको छ।

मेयर र उपमेयरमा दावी गर्न कार्ययोजना अनिवार्य

आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलले योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छानिरहेका छन् । योग्य उम्मेद्वारमार्फत आफ्नो जीत सुनिश्चितताका लागि अधिकांश दलहरू आन्तरिक अभ्यासमा रहेका समय नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दावी गर्ने उम्मेद्वारले अनिवार्य भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्