८ मंसिर २०८१ शनिबार
image/svg+xml

एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ।

नेकपा एसले असारभित्रै केन्द्रीय कमिटीलाई पूर्णता दिने

भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो।

कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन्।

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ :अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ।

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन।

चाडपर्व र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्छ: अध्यक्ष नेपाल

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।

एकीकृत समाजवादीले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो।

एकीकृत समाजवादीको निर्वाचन कार्यतालिका सार्वजनिक

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ।

गुल्मी २ मा एमालेको २५ वर्षे विरासत तोड्ने दिन नजिकिँदै छ: रामकुमारी झाँक्री

‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिँदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए।

अबको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ: अध्यक्ष नेपाल

'स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ।'

भक्तपुरमा एमालेलाई एउटा वडा सदस्य पनि जित्न दिँदैनौः श्याम बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) लाई भक्तपुरको एउटा वडा सदस्य पनि जित्न नदिने दाबी गरेका छन्।

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।

गठबन्धनले निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

सो कार्यक्रममा उनले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्