१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गूर्जा हिमाल आरोहणमा गएको ९ जनाको टोली बेपत्ता

म्याग्दीको धौलागिरी गाउँपालिका–१ गूर्जास्थित हिमाल आरोहणमा गएको नौं जना ओरोहीको टोली बेपत्ता भएको छ।

कोशीमा वेपत्ता किशोर नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि

३ दिनअघि पौडी खेल्न जाँदा सुनकोशीमा बेपत्ता भएका उदयपुरका एक किशोरको मृत्यु भएको ठहर आफन्तले गरेका छन्। शनिबार दिउँसो पौडी खेल्ने क्रममा कोशीमा डुबेर बेपत्ता भएका कटारी नगरपालिका १० सोरुङछविसेका पदम कार्की ३ दिनसम्म खोज्दा पनि फेला नपरेपछि मृत्यु भएको ठहर गर्दै गर्दै कुशको शव बनाएर आफन्तले अन्त्येष्टि गरेका छन्।

चार दिनदेखि किशोर सम्पर्क बिहिन

रुपन्देही सैनामैना १ वनकट्टाबाट १४ वर्षिय प्रविण केसी ४ दिनदेखि बेपत्ता भएका छन्। बुटवल बेलबास एलबी नमूना आवासीय मावि कक्षा ८ मा अध्ययनरत केसी असोज १९ गतेदेखि सम्पर्क बिहिन भएका हुन्।

सुनकोसीमा डुबेका किशोर २४ घण्टासम्म फेला परेनन्

सुनकोसीमा पौडी खेल्न गएका उदयपुरका एक किशोर बेपत्ता भएको २४ घण्टा बित्दासम्म फेला परेका छैनन्।

इन्टरपोल प्रमुख बेपत्ता, अनुसन्धान सुरु

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ।

दश वर्षीय बालक बेपत्ता

चितवनको भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन्। उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेला परेको छ।

१७ वर्षीया युवती २५ दिनदेखि बेपत्ता, प्रहरीले चासो नदेखाएको आरोप

उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी कक्षा १२ मा अध्ययनरत तुलसा कलेजको रजिष्ट्रेशन फर्म भर्न घरबाट हिँडेको तर, सोही दिनदेखि उनी सम्पर्कमा नआएको दाजु परशुराम पोखरेलले जानकारी दिए।

नदीमा नुहाउने क्रममा दुई बेपत्ता

नदीमा नुहाउन जाने क्रममा धादिङका छुट्टाछुट्टै दुई स्थानमा दुई जना बेपत्ता भएका छन्। बुढिगण्डकी र नेत्रावती नदीको सल्यानटार दोभानमा रहेको नरसिंह धामका पुजारी भारत वैंलोर निवासी राजेन्द्र अशोक आनन्द बेपत्ता भएका छन्। मंगलबार नदिमा नुहाउन गएका उनी बेपत्ता भएका हुन्।

बेपत्ता विद्यार्थी मृत फेला

रामपुर नगरपालिका–८ रानिबासका शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीम फेला परेको छ। आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।

तीन किशोरी दस दिनदेखि बेपत्ता

नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन।

बेगनास तालमा दुई डुंगा पल्टिए, ६ जना बेपत्ता

बेगनासतालमा दुई वटा  डुंगा एक अापसमा ठाेक्किएर पल्टदा ६ जना बेपत्ता भएका छन्।  शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुर्इ डुंगा पल्टिएका हुन्।  तालबाट तीन जनालाई जिवितै उद्दार गरिएको छ। अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

जापानमा भूकम्प : आठ जनाको मृत्यु, सयौं बेपत्ता

उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ।

खोलाले बगाउँदा बेपत्ता

पौडी खेल्ने क्रममा आईतबार दिउँसो हेवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। मेची राजमार्गको पुल छेउबाट खाेलाले एकलार्इ बगाएर बेपत्ता बनाएको हाे भने अर्का एकजनाकाे स्थानियले उद्धार गरेका छन्।

किन मारिए र बेपत्ता पारिए हाम्रा आफन्त?

पाँचथरको यङ्वरक गाउँपालिका–१, च्याङथापुका खडानन्द अधिकारीलाई २०५९ असोज १३ गते बाटोमा हिँड्दाहिँड्दै गोली लाग्यो।

बेपत्ता भनिएका १२ जना घर फर्के

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ताको सूचीमा नाम लेखिएका १२ जना घर फर्केका छन्। द्वन्द्वका क्रममा विभिन्न कारणले घर छोडी बेपत्ताको सूचीमा रहेका ९ जिल्लाका १२ जना परिवारको सम्पर्कमा आएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्