सीमामा कडाइले खलबलिँदै रोटी-बेटी सम्बन्ध
नेपाल र भारतबिचको सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनिन्छ। त्यस सम्बन्धको एउटा महत्वपूर्ण आधार दुई देशबिचको करिब एक हजार सात सय किलोमिटर लामो खुला सीमा नै हो। राजधानी काठमाडौं र नयाँ दिल्लीबिच सम्बन्ध जस्तो भए पनि सीमाको दुवैतिरका बासिन्दा अनेकौं रूपमा आबद्ध छन्।

