१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

२२ दिनपछि उपाध्यक्षको शव भेटियो

खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ।

चालक निदाएका कारण दुर्घटना

ओखलढुंगामा काँकडभिट्टाबाट सोलुखुम्बु आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिक डडुवाडाँडामा मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा परेको हो।

ओखलढुंगा बस दुर्घटना अपडेट : तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना हुँदा तीनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। ओखलढुंगा प्रहरी कार्यालयका प्रहरी जवान गोकर्ण खड्काले घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको बताए।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ।

ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना भएको हो।

भारतमा बस दुर्घटना, २९ जनाको मृत्यु

भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २९ जनाको ज्यान गएको भारतीय संचारमाध्यम इन्डिया टुडेले जनाएको छ। यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो। त्यस्तै दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । इन्डिय टुडेका अनुसार लखनउबाट दिल्लीका लागि उक्त बस छुटेको थियो।

११ महिनामा सवारी दुर्घटनामा ७९ को मृत्यु

जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् ।

टिप्परले किच्दा बालकको ज्यान गयो, स्थानीयद्वारा प्रदर्शन

सर्लाहीस्थित बागमती नगरपालिकाको भित्री सडकमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बबरमहलमा स्कुटर दुर्घटना, एकको मृत्यु

बबरमहलमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ। ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि बसेका दीपक थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

हन्डुरसमा डुङ्गा दुर्घटना नौ जना वेपत्ता

हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन्।

भालुले निकालेको आँखा खोज्दै जीवन

तर उनीहरूले जंगलतिरबाट आएको त्रासयुक्त आवाजलाई ‘भूत’ ठाने र भाग्न खोजे। महिलाहरूले भूत भनेको सुनेपछि जीवनले ‘म भूत होइन यो गाउँको जीवन हुँ, भालुले कोप-यो,’ भनेर कराए। त्यसपछि महिलाहरूले गाउँलेलाई गुहारे र गाउँलेहरू भेला भएर जुम्ला अस्पतालतिर लगे।

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ मा काउले डाँडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ बस्ने ३६ वर्षीय कृष्ण रम्तेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा चारको मृत्यु, २१ बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्