ट्याक्टर दुर्घटनामा एकको मृत्यु
रुकुम मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
रुकुम मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो।
नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ।
करिब दुई वर्षअघि बस दुर्घटनामा परी ५४ जनाको ज्यान गएको घटना पीडितपक्षले राम्ररी भुल्न नसक्दै जाजरकोटमा बिहीबार अर्को सडक दुर्घटना भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट साल्मा गाविसको खारातर्फ जाँदै गरेको बस बोहरास्थित मूलसडकबाट दुई सय मिटर तल पासागाड खोलामा खस्दा २६ जनाको मृत्य भएको र ४० जना घाइते भएको प्रहरीले बताएको छ।
बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।
जाजरकोटमा बिहीबार यात्रुवाहक बस दुर्घटना हँुदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते छन्। तीमध्ये २८ को अवस्था 'गम्भीर' छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका अनुसार लहँ–४ का रामबहादुर बस्नेत, सीमा–९, स्यापीका मदन पुन र भेरीमालिका नगरपालिका–४ बोहराका नवीन चन्दको मात्र सनाखत भएको छ।
जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ।
जाजरकोटको सदरमुकाम खलंगाबाट साल्मा गाविसकाे खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बिहीबार बेलुकीतिर भएकाे घटनामा ४० जना घाइते भएका छन्।
जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।
नौ प्राविधिक कर्मचारी सवार उक्त हेलिकोप्टर दुर्घटनामा तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको बताइएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीनको मृत्यु भएको र अन्य दुई भने अचेत अवस्थामा रहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
सिरियाको एउटा सैन्य जहाज टर्कीसँगको सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सीमा क्षेत्रमा विमान दुर्घटना भएको टर्कीका सुरक्षा अधिकारीले पुष्टि गरेका हुन्।
उपत्यकामा माघ १२ देखि फागुन १३ गतेसम्म एक महिनामा टिपरले गराएका प्रमुख केही घटना हुन् यी। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै घटनाको प्रमुख कारण हो – टिपर चालकको लापरबाही। अधिकांश टिपर तीव्र गतिमा हुइँकाउँदा दुर्घटना भएको महाशाखाले जनाएको छ।
रौतहटमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको पिपरा भगवानपुर चोकमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गरुडा नगरपालिका वडा नम्बर १ का १७ बर्षिय धिरेन्द्र रौनियारको घटनास्थलमै ज्यान गएको हो।
पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।
दाङमा बिहीबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बस र ट्रक ठोक्किँदा एकजना र मोटरसाइकल दुर्घटनामा एक जना गरी दुईको मृत्यु भएको हो।