ट्रक दुर्घटनामा सात घाइते
सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन्।
काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।
राजधानी काठमाडौंबाट खोटाङ आउनेक्रममा बाइक दुर्घटनामा घाईते भएका किशोरको मृत्यु भएको छ।
र्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।
सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्रपि–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ।
बालाजु गंगाहलस्थित सडकमा शुक्रबार एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ।
डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो।
डडेल्धुरामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भागेश्वरबाट सदरमुकामतर्फ आइरहेको उग्रतारा यातायातको से१ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिका–३ ठुलोखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो। करिब पौने १२ बजे जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
सडकमा सवारी दुर्घटना गराएर प्रहरीले फेला नपारे कानुनी कारबाहीबाट बचिन्छ भन्ने सोच्नुभएको छ भने होसियार! दुर्घटना गराएको महिनौं त के वर्षातपछि पनि प्रहरीले खोजेर छाड्छ। प्रहरीले माघ ६ गते सडक दुर्घटनापछि फरार रहेका सवारी चालकलाई २० दिनपछि घरमै पुगेर पक्राउ गरेको छ।
दोभान–४, श्रीडाँडामा लु १ ज २६८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
एउटा इन्डोनेसियाली जहाज धावनमार्गमा दुर्घटनाग्रस्त भएको छ। १३० यात्रु बोकेको सो जहाज अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हो।
भेनेजुएलामा भएको एक विमान दुर्घटनामा परी छ व्यक्तिको मृत्यु भएको छ।
सिन्धुलीमा शनिबार पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो।