२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

कालीकोटबाट मतपेटिका मान्मा ल्याइँदै

कालीकोट जिल्लाको सबै स्थानीय तहबाट मतपेटिका संकलन गरी सदरमुकाम मान्ममा ल्याउने काम भइरहेको छ।

रौतहट र सर्लाहीमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, सर्वपक्षीय बैठकपछि गणना थालिने

रौतहट र सर्लाहीमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

अर्घाखाँचीमा ४९ दशमलव ५१ प्रतिशत मत खस्यो

जम्मा १ लाख ७१ हजार ६५२ मतदाता रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारि दिए।

सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो

कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेकोमा ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान सकिएसँगै मतपेटिका संकलनको क्रम सुरु

मतपेटिका सिल गर्ने, संकलन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने काम सुरु भएको हो ।

प्रधानमन्त्रीको तारिफमा बालेन- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जित्यो आमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।

भोट हाल्ने समय पाँच बजे नै सकियो, लाइनमा बसेकाले मतदान गर्न पाउने

बेलुका ५ बजेसम्म मतदानस्थल पुगेर लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए ।

निर्वाचन पर्यवेक्षण समितिले भन्यो: छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान

निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

दोलखाको मालुमा पुन: मतदान सुरु

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार, माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाउने काम भएको छ।

मतदानको समय सकियो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सकिएको छ।

झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मत खस्यो, क्षेत्र नं. ५ मा उत्साहजनक सहभागिता

झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान सम्पन्न भएको छ।

नवपुस्ताका मतदाता भन्छन्ः हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्

पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।

प्रतिनिधिसभा निर्वाचन: देशभर ३९ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ७४ लाख १४ हजार १ सय १ मत खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्