नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीका लागि मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको छ।
काठमाडौंमा मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा आवश्यक छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।
स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
राष्ट्रिय भेला लगत्तै मङ्सिर ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने एमालेले जनाएको छ।
प्रकाशित: ३० कार्तिक २०८३ १४:५५ सोमबार



-600x400.jpg)

-600x400.jpg)