२६ वैशाख २०८३ शनिबार
image/svg+xml

रसुवा भन्सारमा जाँचपास सुरु, व्यापार चलायमान हुने अपेक्षा

भन्सार जाँच पास सुरु भएसँगै नेपाल–चीन व्यापार पुनः चलायमान हुने, स्थानीय बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज बन्ने तथा सरकारी राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।

लुम्बिनीका चार स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार

लुम्बिनी प्रदेशका चार वटा स्थानीय तह ‘जग्गा प्रशासन’ सेवा दिन तयार देखिएका छन् ।

बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा

प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ । प्रायः कालो औपचारिक पोशाकमा देखिने बालेन यसपटक भने फरक तथा क्याजुअल शैलीमा प्रस्तुत भएका छन् ।

भावुक हुँदै कामु प्रधानन्यायाधीश सपनाले भनिन्- लडाइँ बाँकी नै छ, दुईतिहाइको डर नमान्नुस्

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि राजनीतिक प्रभाव, डर वा दबाबमा नपरी निष्पक्ष रूपमा न्याय सम्पादन गर्न निर्देशन दिएकी छन्।

गरिबको झुपडी भत्काउन राज्य संयन्त्र प्रयोग भयो: प्रसाईं

नेपाली सेनाको गरिमा घटाउने गरी सुकुम्बासी बस्तीमा फौज परिचालन गरिएकोमा उनले गम्भीर आपत्ति जनाए। पृथ्वीनारायण शाहको नेतृत्वमा मुलुक एकीकरण गरेको गौरवशाली इतिहास बोकेको सेनालाई धोबीखोलाका किनारमा सुकुम्बासी लखेट्न लगाउनु राष्ट्रिय लज्जाको विषय भएको उनले बताए।

रामचन्द्र थापामगर बागमती प्रदेश बक्सिङ संघको अध्यक्षमा निर्विरोध

बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा निर्वाचनबाट १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी रामचन्द्र थापामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा सांसदहरूलाई के-के विषयमा गरिँदै छ प्रशिक्षित ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।

घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी

यादवले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो ।

शिक्षक छनौट परीक्षामा धाँधली: दुई परीक्षार्थी तर भेटिए तीन उत्तरपुस्तिका

खोटाङको दिप्रुङ चुईचुममा गाउँपालिकामा शिक्षक छनौट परीक्षाका क्रममा परीक्षार्थीको सङ्ख्याभन्दा उत्तरपुस्तिका बढि भेटिएपछि विवाद उत्पन्न भएको छ।

विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल

उनले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न सबैमा सकारात्मक सोच र भावना प्रदान गर्नुपर्ने बताइन्।

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ।

समुन्द्रको तापक्रम बढ्दै

प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना गरेको छ।

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापाको गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे उच्चस्तरीय विमर्श

जेनेभास्थित नेपालको स्थायी नियोगले बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्