coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी

बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।

पोखरामा डढेलोको असरः धुँवा र खरानी उडेर घरैसम्म

खासमा यतिबेला पर्यटकीय सहर पोखरा धुम्म छ। पर्यटकीय सहर पोखरा नखुलेको लामो समय भयो। हिमाली श्रृंखला नदेखिएको झन्डै महिनादिन पुग्न थाल्यो। त्यत्तिमात्र नभई धुलो र धुवाँले बजार क्षेत्र धुम्मिएको छ। बजार आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। भिजिविलिटी घटाउँदा त्यसको असर सर्वत्र परेको छ। धुवाँधुलोका कारण मानवीय स्वास्थ्यमा समेत समस्या आउन थालेको सर्वसाधारणको गुनासो छ।

पोखरा भिलेज रिसोर्टमा २५ करोड लगानी थप

पोखरा भिलेज रिसोर्ट अब चारतारे ‘लेभल’को बनेको छ। पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले सञ्चालन गर्दै आएको पोखरा भिलेज रिसोर्टलाई अपग्रेड गरेर चारतारे लेभलको बनाएका हुन्।

पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भइरहेको छ। निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ।

पोखराका ६ सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर मुग्लिनबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको प्रकरणमा पोखरा महानगरपालिका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पक्राउ गरेको छ।

पोखराभित्र दुईलाख बढी विरुवा रोप्न मिल्ने ठाउँ उपलब्ध

पोखरा महानगरभित्र २ लाख १८ हजार बिरुवा रोप्न सकिने गरि खुला ठाउँ पहिचान भएको छ। सार्वजनिक जग्गा, सडक र खोला किनारमा ती बिरुवा रोप्न सकिने पनि महानगरको ठहर छ।

आफ्नै अतिथि आफ्नै आतिथेय

पर्यटकबिनाको पर्यटन क्षेत्रका सारथि बन्न सजिलो छैन। यही कारण पोखराको पर्यटन क्षेत्र सुस्ताएको पनि हो। यसैकारण कतिपयमा पलायन हुने सोच आउनु स्वाभाविक हो। पोखरेली पर्यटन व्यवसायीलाई नेपाली नयाँ वर्ष काकाकुललाई पानीजस्तो बन्न पुगेको छ।

नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा पाहुनाको भिडभाड

नेपाली नयाँ वर्षको अवसर पारेर यति बेला पाहुना घुमघाममा निस्केका छन्। पाहुनाका कारण पर्यटकीय सहर पोखरा सहित पदयात्रा क्षेत्रमा समेत उत्तिकै भिडभाड छ।

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

पोखरामा फेवा नववर्ष महोत्सव सुरु, होटलका कोठामा २० प्रतिशत छुट

बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।

वायु प्रदूषणः पर्यटन क्षेत्र पनि प्रभावित, हवाई उडानको टुंगो छैन, खुसी छैनन पाहुना

वन डढेलोले वायु प्रदूषणमा असर त परेको न छै, त्यसको मार पर्यटनमा पनि पार्न थालेको व्यावसायीको चिन्ता छ। तीनदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडान पनि प्रभावित छन। दृष्यावलोकन गर्न नपाएको, धुुँवाले बसिरहेको रिसोर्ट घेरेको पाहुनाले गुनासो गर्न थालेका छन। पोखराको आकाशमा हुने साहसिक गतिविधिका उडान प्रभावित भएको व्यावसायीले बताएका छन। उडान भइहाले पनि मनोरम दृष्य देख्न नपाएको पाहुनाको गुनासो हुने गरेको छ।

पोखरामा सुरु भयो ‘सावर बञ्जी’

पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरि पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ। साहसिक गतिविधिमा रमाउन चाहने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दै ‘सावर बञ्जी’ सुरु गरेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्