६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा मालाको मूल्य १ सयदेखि १८० रुपैयाँसम्म

.

यस वर्षको तिहारमा पोखरा र आसपासका जिल्लामा गरेर करिब साढे ४ रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यावसायीले बताएका छन्।  

पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा साढे दुई करोडदेखि ३ करोड रुपैयाँ बराबरको तिहारे (सयपत्री) फूलको कारोबार हुने व्यावसायीको अनुमान छ। पोखरा बाहेक आसपासका जिल्लामा पनि पोखराबाटै व्यावसायीले फूल बेच्ने गरेका छन। त्यसका लागि फूलको जोहो भईसकेको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।

‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गरेका छौ,’ एशोसिएसनका कास्की अध्यक्ष रामप्रसाद सुवेदीले भने। तिहारका लागि पोखरामा आवश्यक फूल स्वदेशी उत्पादनले धान्छ। पेखरामा खपत हुने फूल धादिङ, गोरखा, लमजुङ लगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको अध्यक्ष सुवेदीले बताए। 

पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्ने गरेका छन्। एशोसिएसनका पूर्व अध्यक्ष दयाकुमार द्वाका अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड बढी बेच्ने गरेका छन्। 

मालाको १५०, थुंगाको ५ रुपैयाँ

 यसवर्ष फुलको मालाको मूल्य ३ फरक दर कायम गरिएको छ। सानो थुंगाको मालाको मूल्य एकसय रुपैयाँ, मध्यमस्तरको थुं्गाको माला १५० रुपैयाँ र ठूलो थुं्गाको मालाको मूल्य १८० रुपैयाँ कायम गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।

फूलको एउटा थुंगाको मूल्य ३ देखि ५ रुपैयाँ निर्धारण गरिएको उनले बताए। एउटा मालामा नेपाली फुल २८ देखी ३० थुंगा उनिने भएकाले त्यसको मालाको मूल्य एकसय रुपैयाँदेखि १८० रुपैयाँसम्म पर्ने उनको भनाई छ। थुंगाको ३ देखि ५ रुपैयाँ तोकिए पनि भाईटीकाको दिन र त्यसको अघिल्लो दिन १० देखि २० रुपैयाँसम्म पुग्ने गर्दछ  जसका कारण आफूहरु ठगिने गरेको उपभोक्ताको गुनासो बारम्बार आउने गरेको छ। 

पोखरामा भारतीय फूलको माला प्रतिबन्ध छ। तर तिहारमा मात्रै अनुगमन हुने भएकाले अन्य समयमा भारतीय फूलको माला बिक्री हुँदै आएको छ। तर तिहारमा भने अनुगमनका कारण नभित्रिने दाबी गरिन्छ। यद्दपी लुकीछिपी ल्याएर पनि बेचेको भने पाईन्छ।

एशोसिएसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाईलाई लगाई दिन आग्रह गरेको छ। एशोसिएसनका पूर्व अध्यक्ष दयाकुमार द्वाले नेपाली सयपत्री फूल हेर्दै आकर्षक र ताजा हुने भएकाले पोखरामै उत्पादन भएको फूलको माला प्रयोग गर्न आग्रह गरे। उनले भने, ‘भारतबाट आयातित फूलको थुंगा सानो हुन्छ र माला पनि मसिनो देखिनुका साथै ताजा पनि हुँदैन, तर यहिं उत्पादन भएको फूल हेर्दै आकर्षक र ताजा हुन्छ, मालाले पनि गला भरिन्छ।’  

उनले अरु बेला जुनसुकै फूल प्रयोग गरेपनि तिहारमा दाजुभाईको गलामा स्थानिय फूलकै माला प्रयोग गर्दा हेर्दापनि राम्रो र नेपाली दाजुभाई दिदीबहिनीले उत्पादन गरको माला लगाउँदा गर्वपनि महशुष हुने उल्लेख गरे।

प्रकाशित: १४ कार्तिक २०८१ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App