११ मंसिर २०८१ मंगलबार
image/svg+xml

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिंदै

दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ।

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान: पाँच सय किलो फोहर सङ्कलन

कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए।

मन बहलाउने स्थल बन्दै कमलविनायक पोखरी

सहरको घनाबस्तीछेउ रहेको भक्तपुरको यो पोखरी अहिले सबैका लागि मन बहलाउने ठाउँ बन्दै आएको छ। पोखरीमा दैनिक सयौं मानिस घुम्न आउँछन्।

सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग पोखरीबासी

जुम्लाको तिला गाउँपालिका-७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग छन्।

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँः वरिष्ठ नेता पौडेल

धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

मेमे पोखरी घुम्न गएका एकको मृत्यु अर्को बेपत्ता

नेपालीको महान् पर्व दसैँमा ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको र अर्को एक महिला सम्पर्कविहिन भएकी छिन्।

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्‍याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’

बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर (फोटोफिचर)

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको हो।

पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङपाल

पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताए।

दुर्गम ठाउँका महिला हाटबजार सञ्चालनमा सक्रिय

स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन्।

सेवामा एकरुपता कायम गर्न तिम्बुङ पोखरी क्षेत्रमा खाना र आवास शुल्क निर्धारण

तत्कालका लागि आवास, खाना र चियाको मूल्य निर्धारण गरिएको छ। निर्धारित मूल्य अनुसार धाम क्षेत्रदेखि अथिति गृह सम्मको क्षेत्रमा सादा खाना (दाल, भात, तरकारी) को मूल्य जनही ३ सय रुपैयाँ र चिया प्रतिकप ३० रुपैयाँ कायम गरिएको छ। अथिति गृहमा भने आवास शुल्क जनही एकसय रुपैंया तिनुपर्ने हुन्छ।

सिक्री लुटपाट गरी भाग्ने पक्राउ

धरान उपमहानगरपालिका-८ घर भई काठमाडाैंको माछापोखरी बस्दै आएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्