११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नाममात्रको नगरकोट बसपार्क

भक्तपुरको कमलविनायकमा रहेको नगरकोट बसपार्क अस्तव्यस्त छ। नगरकोट बसपार्क प्रसिद्ध कमलविनायक पोखरीको उत्तरपट्टि रहेको छ।

पुर्नजीवन पाउँदै भक्तपुरको रानीपोखरी

रानीपोखरी भनेपछि धेरैलाई लाग्छ, काठमाडौंको रानीपोखरी। तर भक्तपुरमा पनि रानीपोखरी छ, जुन काठमाडौंको भन्दा पनि ४० वर्ष पुरानो हो। यही भक्तपुरको रानीपोखरीले अहिले पुनर्जीवन पाउँदैछ।

गति लिँदै सम्पदा पुनर्निर्माण

लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ।

मापदण्डविपरीत बन्यो पौडी पोखरी

नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा क्षति

अपरिचित व्यक्तिले माछा पोखरीमा विष हालिदिँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जिल्लाको गुजरा नगरपालिका–४ कनकपुरस्थित व्यवसायी चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले सो रकमबराबरको क्षति भएको हो।

निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ। बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरेको छ।

छाया सेन्टर निर्माण गर्नेमाथि कारबाही माग

राजधानीको ठमेलमा ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गर्नेमाथि कारबाहीको माग गरिएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पोखरी मासेर कम्प्लेक्स बनाउनेमाथि कारबाहीको माग गरेका हुन्।

पाँचतिरबाट सडक जोड्ने योजना

सरकारद्वारा सूचीकृत सय गन्तव्यमध्ये एक खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीनतिरबाट सडकले छोएको छ। तराईबाट उदयपुरको गाईघाट हुँदै साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–रसुवाघाट–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक विस्तार गरिएसँगै बराहपोखरी तीनतिरबाट सडक सञ्जालसँग जोडिएको हो।

भाज्या पोखरी रानीपोखरीभन्दा पाँच सय वर्ष पुरानो

भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीस्थित भाज्या पाखेरी काठमाडौंको रानी पोखरीभन्दा करिव पाँच सय वर्ष पुरानो भएको अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ। इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको नेतृत्वमा गठित अध्ययन टोलीले सात महिना लगाएर गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो।

रानीपोखरीको कुनामा लुकेको ‘म्युजिकल फाउन्टेन’

रानीपोखरी र यसभित्र ठडिएका स–साना ऐतिहासिक संरचना संरक्षणको विषय पछिल्लो समय छताछुल्ल बन्यो । पुनःनिर्माण गर्दैगर्दा स्थानीयवासी, सम्पदाप्रेमी, सरकारी कर्मचारी र संस्कृतिविद्हरू अवलोकन गर्न त्यहाँ धेरै पटक पुगे । उनीहरूले त्यसभित्रका स–साना संरचनाको सोधीखोजी र अध्ययन पनि पटक–पटक गरे।

माईपोखरीको निम्तो

गुराँस फल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक देखिन्छ। यस्तै समय हामी माईपोखरी पुगेका थियौं। फागुन पहिलो हप्ता चिसोले छाडेको थिएन। माथि डाँडा(सन्दकपुर, आहाल) तिर हिउँले छोपेको देखिन्थ्यो। इलामको सन्दकपुर गाउँपालिका–३ मा पर्छ माईपोखरी।

बन्ने भयो रानीपोखरी

भुकम्प गएको करिव ४ वर्षपछि रानीपोखरी पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माणको शैली,प्रविधि र निर्माण सामाग्री सम्बन्धी विवादमा लामो समय जेलिएको ऐतिहासिक रानीपोखरी निर्माण पुनर्निर्माणको काम अलमलमा थियो ।

रानीपोखरीको पुनर्निर्माण सुरु

लामो समय विवादमा अल्झिएको रानीपोखरी पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए। उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

पोखरीमा डुबेर बालकको मृत्यु

सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्