६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।

काभ्रे जिल्ला बेथान चोक गाउँंपालिका–३ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने मानसिंह तामाङको छोरा साढे दुई वर्षको छोरा अनिश तामाङ एक्कासि पोखरीमा डुबेर घाइते भएपछि उपचारका लागि भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारका क्रममा दिउँंसो मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले बताए।

घटनास्थलमा खटिएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाटको टोलीले आवश्यक अनुसन्धान कार्य गरिरहेको उनले जनाए।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App