१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खुसी

छोरा बेलुका अबिरमाला सहित घर आउँछ । मैले कलेज टप गरेँ नि ममी । अब सबै कलेजमा भएको खर्च नि फिर्ता दिन्छ रे। अगाडिको पढाइ कलेजले नै बेहोर्छ अरे। राधाका आँखाबाट बर्बरी आँसु झर्छन्। हैट, सधैँ नकारात्मक सोच राखेर छोरालाई गलत सोचिएछ। दुःख–सुख बुझेको संस्कारमा हुर्काएको छोरो हो नि हाम्रो । गलत कहाँ हुन्थ्यो र?

झुटको खेती कहिलेसम्म ?

लासमा पनि पैसा देख्ने सरकारले कोरोना खोपमा कमिसन देख्यो अक्सिजनमा कमिसन औषधिमा कमिसन कहिलेसम्म चल्छ सरकार जनताको लास माथिको बार्गेनिङ ?

नदेखिने घाउले बडो दुखाइरहन्छ!

मुटु खाइरहन्छ याद आइरहन्छ, नदेखिने घाउले बडो दुखाइरहन्छ! यति सारै एक्लिएछु तिमी गएदेखि,आफ्नै छायाले पनि तर्साइरहन्छ! उसको याद बगाए कति जाति हुन्थ्यो, यी आँखाले आँसु मात्रै बगाइरहन्छ!

म यो देशको नागरिक

सपनाजस्तै पोखिएर बग्छ पानी कुनै रङ्ग छैन कुनै धर्म छैन कुनै जात छैन भिरपाखाहरूमा बस्ने ती मानव बस्ती पानीको छालमा बग्छ। वर्षा याम लाग्छ तब डर – त्रासको चिन्ता बग्छ निरन्तर पानी कुनै रङ्ग छैन कुनै जात छैन पानी पानी पानी।

निर्दयी सपना

भित्र सुतेकी छोरीको चिच्याहटको आवाज अचानक कानमा ठोक्किएपछि दिलमाया झस्किन्छे र छोरीको बेडमा पुगेर सोच्न थाल्छे – छोरीले कुनै अनौठो सपना देखेकी हुनुपर्छ। बिउँझ्याउने मनसायले दिलमायाले छोरीको शिर पक्री आफ्नो काखमा राख्छे।

सौन्दर्यको चीरहरण !

नयनको गाजल दृष्टिमा नलाऊँ क्यारे सौन्दर्यको चीरहरण ! नझुकोस् यो शिर सगरमाथाको देशमा व्यर्थै माथापच्चिसी किन ? आत्मबलबाट नै भेरिएन्ट छिचोल्नु छ जीवनशैली बदल्नु छ।

हावाको चाल

प्राण वायु – हावा अपान वायु – हावा सोच अनि सोचको पराकाष्ठा पनि हावा रोगी हावा – निरोगी हावा विधि – प्रविधि सबै – सबै यो संसार हावाबाट निर्देशित छ कस्ले चलाइरहेको छ यो हावा ? पख, मलाई आँखा बन्द गर्न देऊ म आफू भएको अनुभूति गर्न चाहन्छु।

श्राद्ध

केही दिनपछि बुवा खेतमा काम गर्न गएका थिए । छोरो बुवाका लागि खाजाको कुम्लो बोकेर बेसीतिर जाँदै थियो । नदीका किनारमा पुगेपछि छोराले पहिलेको घटना सम्झियो अनि विचार गरयो, ‘आखिर यस नदीमा बगाइदिएको खानेकुरा स्वर्गसम्म पुग्छ भने खेतसम्म त झन् किन नपुग्ला र ?’ त्यसपछि उसले ‘यो खाने कुरा मेरा बुवा भएका ठाउँमा पुगोस्’भन्दै खाजाको पोको नदीमा बगाइदियो र घर फर्कियो।

बादलु रानी

कहिले सेतो, कहिले कालो कहिले देख्छु जालोजालो सिमसिम पानी तिमी नै पार्छौ सेतो असिना तिमी नै झार्छौ झरझर पानी बनी झर त सुक्खा बोटहरूमा पर त सबैले भन्छन् बादलु रानी सधैँ हिँड्ने छ तिम्रो बानी।

सिमौ म त गाँउमै छु

सुन्या छु आजकाल हङकङबाट युके गा ’छौ रे साकेला छाडेर हिपप नाच्छौ रे गाउँको सिम्माबाट परिवर्तन भा छौ रे साकेला भाका बिर्सिएर इङलिस गाना मात्र सुन्छौ रे गुन्यैचोली बिर्सिएर मिनिस्कट लाउँछौ रे किन हो म त जान्दिनँ म यो मान्दै मान्दिनँ । सिमौ म त गाउँमै छु है साकेला फुल्ने ठाउँमै छु है तिमी कहाँ–कहाँ चाहार्यौ कस्ती भइसक्यौ म त त्यही ठाउँमै छु है म त त्यही थोत्रो भोटोमै छु है म त त्यहीँ धुलो खेलाउँदै छु है ।

वसन्तको याम आयो

वसन्तको याम आयो फुल्न थाले फूल, साथीभाइको मन दुखाउने गर्नुहुन्न भुल। वसन्तको फूलजस्तै जीवन फुल्नुपर्छ , निलो – निलो आकाशझैं मन खुल्नुपर्छ।

पैसा छाप्ने मेसिन

पल्लो कोठाबाट केही आवाज आएर उसको कानमा ठोक्किन्छ । ऊ भन्दै थियो– आमा मैले हजुरका लागि बुहारीको रूपमा पैसा छाप्ने मेसिन ल्याइदिएको छु।’

एक मुठी तोरी

दुवै एकदमै खुशी भए। खुशी मानेर हिँडे। तर साँझसम्म पनि उनीहरूले न पीडित नभएको घर भेट्टाउन सके न पीडक नभएको नै । हरेकले आआफ्नै पीडाका कथा सुनाउँथे । अनि कसैले पनि आफू कहिल्यै पीडक भएका छैनौं भनेर पनि आत्मविश्वासपूर्वक भन्न सकेनन् । उनीहरूले अन्तबाट त के आआफ्नै घरबाट पनि एक मुठी तोरी पाउन सकेनन् ।

कोही आए मलहम देखाई तर घाउमा नुन छरेर गए

जो–जो आए जिन्दगीमा, नमिठो घात गरेर गए, कोही आए मलहम देखाई,तर घाउमा नुन छरेर गए। जसले जेजे गरे पनि, अटल वृक्ष बनेरै बाँचे, म त भन्छु मलाई छोड्ने, पातजस्तै झरेर गए।

मातृत्व

एकदिन म काम विशेषले घरभन्दा केही टाढा गएकी थिएँ । कस्तो संयोग पर्यो भने एउटा केटाले बाँस घारीमा गुलेलीले चरा मारिरहेको थियो। मैले उसलाई चरा नमार्न धेरै सम्झाए र सय रुपैयाँ दिएर उसको हातमा रहेको मरेको डाङ्ग्रेको बच्चा मागें। ऊ निकै खुशी भएर दियो। मलाई घर आउन हतार भयो। म सरासर आएँ र कसैले नदेख्ने गरी चरो उडाइदिएँ र मरेको डाङ्ग्रे पिँजडामा राखिदिएँ। चरो उडेर उही आँपको बोटमा गएर बस्यो। मैले हेरिरहेँ। बल्ल आफू एक सफल आमा बनेको महसुस भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्