२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पैसा छाप्ने मेसिन

लघुकथा

संगीता दाहाल

 

संसारको रित नै हो, छोरी ठूली भएपछि विवाह गरिदिनुपर्ने , मुनाले पढाइ पूरा गरिसकेकी थिइन् । मुनाको परिवारले, उनको विवाहका लागि केटा तयार गरिसकेका थिए। विवाहको मिति तोकियो। मुनाले आफ्ना साथीसँगीबाट दाम्पत्य जीवनबारे धेरै थरी कराु सुनेकी थिइन्।

विवाहको दिन आयो, परिवारका सबै सदस्य खुसी थिए र उनी पनि। मुनाले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनलाई सहस्र स्वीकारी।

उनी छोरीबाट बुहारीको रूपमा  नवगृह प्रवेश  गरिन् । उनीलाई हेर्न प्रायः महिला र केटाकेटीहरू जम्मा भएका थिए, मानौं ऊ विश्वसुन्दरी  हो।

विवाहको पारम्परिक विधिहरू पूर्ण भयो। मुना नयाँ कोठामा हजुरआमाले कथामा सुनाएझैं आफ्नो राजकुमारको पर्खाइमा थिइन्।

मनमा अनगिन्ती कल्पना  सलबलाइरहेका थिए । नयाँ घरपरिवार, श्रीमान् र सुहागरातबारे सोचेर लाज मान्दैथी।

पल्लो कोठाबाट केही आवाज आएर उसको कानमा ठोक्किन्छ । ऊ भन्दै थियो– आमा मैले हजुरका लागि बुहारीको रूपमा  पैसा छाप्ने मेसिन ल्याइदिएको छु।’  

मुना झसङ्ङ भई । अनगिन्ती सुनौलो सपनाहरू पलभरमा चकनाचुर भयो । ऊ  कर्तव्यविमूढ भई।

उसले बुझ्न सकिन – ऊ कस्तो धरातल मान्छे?

प्रकाशित: १२ असार २०७८ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App