१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रश्न

यसै साल अकल्पित विपत्ति हठात आउँदा बाले सर्वस्व गुमाउनुभो – घर जस्तो घर पनि रहेन– सम्पत्ति जस्तो सम्पत्ति पनि रहेन– न टेक्ने ठाउँ न समाउने लौरो बा धुरुधुरु रुनुभो भावना बोकेर जीविका चलाउने कविको भावुकताले भन्यो – बा नरुनुस् रोएर पनि जीविका चल्छ र बुढा !

टीका

मौसम निकै सुन्दर थियो। लामो हिउँदपश्चात् वसन्तका पालुवाहरू पलाउन आटेका थिए। मन्ट्रियल फेरि हराभरा हुने तरखर गर्दै थियो। भर्खर सकिएको जाडो यामको अनुकम्पाले गर्दा भनूँ दुई सय सेन्टिमिटरभन्दा बढी हिउँ आफ्नो वक्षमा सोसेर भरिपूर्ण भए जस्तो लाग्थ्यो क्यानाडाको दक्षिणपूर्वमा अवस्थित यो शहर।

जित्नु छ

सफा भई बसें हात – मुख धोएर आमालाई सघाएँ भान्साभित्र पसेर जति बोर लागे नि निस्कन्न म बाहिर रोगलाई जित्नु छ मानव चित्र कोर्नु छ।

सन्दिग्ध पुतलीहरू

ती युवतीले आफ्नो पीडानुभूति पोख्दै भनिन्, ‘मेरा जति सन्तान जन्मिए, सबै छोरी मात्रै जन्मिइन्। मैले छोरी मात्रै जन्माएकी हुँदा मलाई मेरा पतिले हरेक दिन पिट्छन्। मैले एउटा मात्रै छोरा जन्माएँ भने मलाई मेरा पतिले माया गर्छन् र मेरो यस्तो हालत हुने छैन।’

रैबार

त्यस दिन उनीहरूकै अगाडि जयमलले नासो खोले। पोकोभित्र कपडाको टुक्रा, कोइला, नुनको ढिको र रातो खुर्सानी राखिएको थियो। यी सबै चिजको अर्थ थियो। कपडाको टुक्राले लगाउने लुगा छैनन्, भएका पनि च्यातिएका छन् भन्ने जनाउँथ्यो। नुन र कोइलाको अर्थ हुन्थ्यो– नराम्ररी छु, तिम्रो लायक भइनँ र मलाई बिर्सनू। खुर्सानीको अर्थ हुन्थ्यो– म अभागिनी तिम्रा लागि खुर्सानीजस्तै पिरो भएँ, तिमीलाई दुःख दिएँ।

त्यो ऊ थियो

पर किनारमा जोडीविहीन एउटी महिला हातमा केही लिएर टुक्रुक्क बसेकी जस्ती थिई । एक्ली देखेर ऊ उतै लस्कियो। चिनेचिने जस्तो गर्यो। उसले चिनिन। एकछिन कुर्यो, कुनै हलचल भएन । छोयो, चिसो लाग्यो। उठाउन खोज्यो, पल्टियो ।हातको वस्तु भुइँमा खस्यो । त्यो ‘ऊ ’ थियो ।

समाजवाद कहिले फल्छ ?

कुर्सीका लागि मुख बाउनेले म र मेरा मात्र खोजी हिँड्दा सिध्दान्त होइन शक्ति रोज्दा सिकाउनेको बुई चढ्दा ,यो उहिलेको कुरुक्षेत्र जस्तो रणसङ्ग्राम पो भयो मन चस्किएर आयो। यो आँप त अर्को साल फेरि फुल्छ फल्छ तर मेरो सपनाको समाजवाद अब कहिले फुल्ने फल्ने हो ?

पीडा

उनले गहिरो पीडाबोध गर्दै भने– मैले तिमीलाई आफ्नो पीडा नपोखेर अरूलाई बताउने प्रश्नै आउँदैन। हेर हाम्रा छोराहरू आफ्ना परिवार सहित शहरतिर छन्। नातिनातिना पनि यहाँ छैनन्। ती सन्तप्रसादका साना छोराछोरीले आफ्ना प्यारा नातिनातिना बिर्साएर घर रमाइलो पारेका थिए। उनीहरू नदेख्दा गए राति पनि म निदाइन। थाहा छैन कति रात यसरी नदिदाई बिताउनुपर्ने हो।

विश्वास

पुजा भन्दै थिइन् – आमा! विन्दु नै किन विन्दु जस्ता कति होलान् तर तपाईले किन मलाई बिग्रेकाहरूसँग तुलना गरेर हेर्नुहुन्छ? के गर्नुहुन्छ, के हुँदैन त्यो मलाई थाहा छ नि। यति थाहा नभए मान्छे भएर जन्मेको के काम लाग्यो र ? आमा! आफ्ना छोराछोरीलाई विश्वास गर्न नसक्दा पनि हो धेरैका छोराछोरी कुबाटोमा लागेका छन्। विश्वास नै ठुलो कुरो हो। हरेक नाता विश्वासमा नै अडेको छ। जहाँ विश्वास छ। त्यो नाता सुन्दर बन्छ। विश्वासबिनाको कुनै पनि नाता सुकेर जान्छ।

व्यस्त मान्छे

उताबाट उनले आफूले गरेका कामका लामै फेहरिस्त लेखे। म बिट मार्ने कोसिसमै थिएँ उनी लेख्दै गए गाउँदेखि देशसम्मका चर्चा, मनबहादुरदेखि धनबहादुर, धनराजदेखि मनराजसम्मका परिचर्चा लेख्न भ्याए। बडो मुस्किलले बिदाबारी भए उनी।

महामारी छ अहिले भर्चुअल सफरमा छौं

हामी यहाँ सधैं महामारीको डरमा छौं, मस्त निदाएको सरकारको भरमा छौँ। सरकार कर असुल गर्ने कुरा मात्र गर्छ, बेरोजगार हामी चुकुलबन्द घरमा छौं। सपना भए स्विटजरल्यान्ड र सिङ्गापुरहरू खै कहिले पूरा हुने हामी अझै रहरमा छौँ।

विद्रोह

प्रिय कमरेड लिनु त छ, वर्षौअघि खोसिएको मेरो पहिचान मेरो भाषा, संस्कृति, सभ्यता र मुन्धुम तर,कदापि मागेर हैन एकएक खोसेर लिनु छ तिमीहरूको हातबाट तिमीहरूकै आँखा अगाडि अनि मिलाउनु छ अंक गणितको एकएक अंक जोडेर बिग्रेको हिसाब अनि लेख्नु छ सुनौला आक्षरहरूले चौताराहरूमा खोपिएको अक्षरहरूजस्तै नलेखिएको मेरो इतिहास.....

अतृप्त इच्छा

‘आज त आधा पेट खाएर भए पनि छोरालाई टन्न खुवाउन पाएँ। भोलि के गर्ने होला ?’ उसले रित्तिएको चामलको भाँडो सम्झी ।अस्पतालमा पैसा खेपेर भ्याएको छैन भनेर जेठाजु गुनासो गर्नुहुन्छ ।मर्ने बाँच्ने ठेगान छैन। यता रासनको भाँडा सबै रित्तिँदै छन् । छरछिमेकसँग सरसापट गर्न नि कोरोना लागेको घरको मान्छे भनेर बोल्नै डराउँछन् ,सरसापटको त कुरै छोडौँ।’ उसको मनमा औडाहा भयो।

जोकर

म त एक क्रान्तिको चिराग हुँ अन्यायको विरुद्ध बोल्ने गर्छु जस्तो कुसंस्कार ध्वस्त पारौं भ्रष्टहरूलाई छिचिमिराझैं पोल्नु सकौ सयौं शहीदका सपनाहरू साकार पारौ साँच्चिकै नयाँ नेपाल निर्माण गरौ। यसैले म पृथक् छु भिडहरूभन्दा !तिमीहरू जस्तैका लागि चै खालि ‘म एक जोकर।’

मन मेरो रोएको छ हेरी मेलम्ची

फूलजस्तै लाग्थ्यो कतै जूनजस्तै लाग्थ्यो, कस्ले कुरूप बनाएछ केरी मेलम्ची। भूल कतै भ’को भए प्रिय प्रकृति, क्षमा देऊ रक्षा गर मेरी मेलम्ची।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्