२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मन मेरो रोएको छ हेरी मेलम्ची

गजल

 उत्साही नवराज

 

मन मेरो रोएको छ हेरी मेलम्ची,

उस्तै बने हुन्थ्यो प्यारो फेरि मेलम्ची।

 

फूलजस्तै लाग्थ्यो कतै जूनजस्तै लाग्थ्यो,

कस्ले कुरूप बनाएछ केरी मेलम्ची।

 

 भूल कतै भ’को भए  प्रिय प्रकृति,

क्षमा देऊ रक्षा गर मेरी मेलम्ची।

 

निर्दाेषका मुटुमाथि भाला रोपेर,

फेरि पनि नकुदे है घेरी मेलम्ची।

प्रकाशित: ११ असार २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App