२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खुसी

लघुकथा

अम्बिका खरेल उप्रेती  

 

रातको तीन बजेसम्म  ओल्टोकोल्टो गर्दै बिताइन् राधाले। थाहा पाएर पनि नपाएझैं गरेर रमेश पनि लडिरहे ओछ्यानमा। निन्द्रा पटक्कै छैन आँखामा। गाउँमा वृद्ध आमा एक्लै छिन्। आकाशको भरमा खेती चल्छ। गएर खेती गरेर बसौँ भने वर्ष दिन नाघ्दैन अन्नले। शहर छोरो पढाउन र गुजरा चलाउन पसियो। जसोतसो चलेकै थियोे । विश्वमा फैलिएको कोरोनाले नेपाललाई नि अछुतो राखेन। काम, कार्यालय, विद्यालय सबै ठप्प भए। दैनिक गुजारा चलाउन मुस्किल भयो।

 छोराका भने उमेरसँगै माग पनि बढ्दै गएका थिए। शहरको हाउभाउले छोएर आज लगाएको  लुगा अर्को दिन नलगाउनु भन्छ। सधैँ फेरेर परिकार खानुपर्ने, राम्रो लगाउनुपर्ने, महँगो सामान किन्नुपर्ने, साथीभाइसँग ठुल्ठुला कुरा गरेर गफिनुमा मस्त हुन्थ्यो। जतिखेरै मोबाइलमा व्यस्त हुन्थ्यो। आफ्नो योग्यतालाई अगाडि बढाउने ध्यान र मन पटक्कै नदिएको देख्दा पीर रमेशलाई नि नपरेको होइन तर सहजै पचाउँथे वा देखाउन चाहदैनथे थाहा भएन।

 – ममी, आज रिजल्ट आउट हुँदै छ। म कलेज जानु छ खाना छिटो पकाइस्यो है , ढोका ढकढक्याउँदै छोराले भन्छ।

 – ओहो! कस्तो निदाइएछ । लल नुहाइधुवाइ गरेर ठिक पर । पाकिहाल्छ खाना।

छोरा बेलुका अबिरमाला सहित घर आउँछ । मैले कलेज टप गरेँ नि ममी। अब सबै कलेजमा भएको खर्च नि फिर्ता दिन्छ रे। अगाडिको पढाइ कलेजले नै बेहोर्छ अरे।

राधाका आँखाबाट बर्बरी आँसु झर्छन्।

हैट, सधैँ नकारात्मक सोच राखेर छोरालाई गलत सोचिएछ। दुःख–सुख बुझेको  संस्कारमा हुर्काएको छोरो हो नि हाम्रो । गलत कहाँ हुन्थ्यो र?

प्रकाशित: १५ असार २०७८ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App