२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

वसन्तको याम आयो

बालकविता

सूर्यप्रसाद लाकोजू

 

वसन्तको याम आयो  

फुल्न थाले फूल,  

साथीभाइको मन दुखाउने  

गर्नुहुन्न भुल ।      

 

वसन्तको फूलजस्तै    

जीवन फुल्नुपर्छ ,  

निलो – निलो आकाशझैं  

मन खुल्नुपर्छ ।        

 

शिशिरपछि  सुन्दर ऋतु      

वसन्त आउँछ,    

जिन्दगीमा दुःखपछि    

सुख पनि छाउँछ।

 

दुख – सुख घामछाया  

चलिरहन्छ रित,      

मानिसले मानवताको  

गाउनुपर्छ गीत।

प्रकाशित: १२ असार २०७८ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App