२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नदेखिने घाउले बडो दुखाइरहन्छ!

गजल

सेन्टि सुन्दर पाल्पा 

 

मुटु खाइरहन्छ याद आइरहन्छ,

नदेखिने घाउले बडो दुखाइरहन्छ!


 

यति सारै एक्लिएछु तिमी गएदेखि,

आफ्नै छायाले पनि तर्साइरहन्छ!


 

उसको याद बगाए कति जाति हुन्थ्यो,

यी आँखाले आँसु मात्रै बगाइरहन्छ!

 

बोलाउँदा– बोलाउँदा बौलाह भैसकें म,

भित्ताका तिम्रा तस्विर टोलाइरहन्छ!

 

दिल जोड्न लाएको मायाले किन?

परेलीका डिलहरू भत्काइरहन्छ!

प्रकाशित: १५ असार २०७८ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App