१५ वैशाख २०८१ शनिबार
image/svg+xml

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए

चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् ।

चाडबाडमा उपहार नलिने रास्वपाको निती, सभापतिले भने उपहार पठाउनु पर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चाडबाडको बेलामा उपहार स्वीकार नगर्ने बताएका छन्।

शुक्रवारसम्म नयाँ नोट साट्न सकिने

बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ।

हायरको चाडबाड योजना

चाडबाडको विशेष अवसरमा ‘हायर’ ले आकर्षक योजना ल्याएको छ। योजना अनुसार हायरको रेफ्रिजेरेटर तथा वासिङ मेसिन खरिद गर्दा ‘स्योरसट गिफ्टह्याम्पर’ पाइनेछ।

चाडबाडको बेला हवाई भाडादर बढाएकोप्रति सांसद गौतमद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।

सिटी एक्सप्रेसको चाडबाड लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ।

यामाहाले चाडबाड योजना ल्याउँदै

यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना ल्याउने तयारी गरेको छ।

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना?

करिब बिहानको साढे सात बजेको थियो। बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो। धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन। धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। उनको होस उड्यो। धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए। जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ।

चाडपर्वमा खानपान सिकाउने पुस्तक

नारायण घिमिरे प्राकृतिक चिकित्सा विज्ञान र हिलिङ फुड निर्माणका क्षेत्रमा दशकौंदेखि लागिपरेका व्यक्ति हुन्। लेखक घिमिरेको भर्खरै ‘रैथाने चाडबाड र खानपान’ नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ।

चाडबाडमा दुर्घटना बढेपछि चार पाङग्रे सवारीमा टाइम कार्ड

चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।

घर जानु अघिको खोप (फोटोफिचर)

चाडबाड मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ।

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ।

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्