मैले पाएको उपहार
जतिपटक यसको सामु उभिएर मैले आफ्नो खुशी मागें, स्तब्ध भएँ, यो त्यति नै पटक, निःशब्द भएको छ, हेर्दाहेर्दै मेरो आस्तिकता, बज्रिन्छ जमिनमा, फेरि सम्झिन्छु, आखिर यो त पत्थरको पो मूर्ति हो जसको सामु म आशा मात्र गर्न सक्छु, मेरो प्रेम, मेरो उपहार, एउटा पत्थरको मूर्ति ‘तिमी’।