६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकसातादेखि वृद्ध बेपत्ता, अवस्था अझै अज्ञात

विगत एक सातादेखि बेपत्ता भएका सप्तरीको खडक नगरपालिका–१ सिस्वाबेल्हीका एक वृद्धको अवस्था अझै अज्ञात छ।

सुरुङभित्र फसेका चार मजदुर मध्ये दुईको शव भेटियो, दुई अझै बेपत्ता

कालङ्गा आयोजनाको सुरुङभित्र थुनिएका चार मजदुर मध्ये दुईको शव फेला परेको छ। अन्य दुई सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सुनकोशीमा डुबेर एक बेपत्ता

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।

कालिगण्डकी नदीमा युवक बेपत्ता

वल्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नेक्रममा एक कर्मचारी कालिगण्डकी नदीमा बेपत्ता भएका छन्। इन्टरनेटको तार तान्ने क्रममा २४ वर्षिय जय किशोर यादव कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

माइत जाने क्रममा नदिमा हाम फाल्दा महिला बेपत्ता

अरुण नदिमा हामफाल्दा एक महिला बेपत्ता भएकी छिन। षडानन्द नगरपालिका वडानम्वर ५ संखुवासभा र भोजपुरको सिमानामा रहेको कात्तिके पुलबाट हाम फाल्दा उनी बेपत्ता भएकी हुन्।

स्वतन्त्र व्यक्तिलाई आयोगमा नियुक्त गर : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका अन्य संबैधानीक अंगहरुको नियुक्ति सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको छ । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीको बैठकले संवैधानीक परिषद् सरकारको नियकाय नभएर स्वतन्त्र अंग भएको जनाउँदै त्यसका निर्णय पक्ष र प्रतिपक्षी नभएर सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको हो ।

१८ दिनदेखि महिला बेपत्ता

खोटाङमा १८ दिनदेखि महिला बेपत्ता भएकी छिन्। डोको, कचिया बोकेर घरबाट हिँडेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी अन्दाजी ५२ वर्षकी कल्पना (गोपीसराना) राई बेपत्ता भएको प्रहरीले जनाएको छ। गत असोज १४ गते घरबाट बेँसी जमुनाबोटे झरेकी महिला हालसम्म बेपत्ता भएको वडाध्यक्ष चईन्द्र राईले बताए।

सेल्फीका कारण युवती बेपत्ता

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बेपत्ता हुनबाट जोगिइन् बालिका

विद्यालय जाने क्रममा सम्पर्कविहीन एक बालिका झन्डै पाँच घण्टापछि सम्पर्कमा आएकी छन्। बुधबार बिहान परीक्षा दिन विद्यालय जाने क्रममा करिब साँढे ११ बजेतिर सम्पर्कविहीन भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी १४ वर्षीया सुन्तली थापा (परिवर्तित नाम) साँझ सम्पर्कमा आएकी हुन्।

बेपत्ता युवा मृत फेला

खोटाङमा ६ दिनदेखि बेपत्ता युवा खोलाको दहमा मृत अवस्थामा फेला परेका छन् । पाहा मार्न भन्दै भदौ ३१ गते घरबाट हिँडेका केपीलासगढी गाउँपालिका–७ सुन्देलका २४ वर्षीय प्रकाश राई खहरे खोलाको दहमा मृत फेला परेका हुन् ।

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता, ५ घर बगायो (फाेटाे फिचर)

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्।

पदाधिकारी छनोट मापदण्ड

संक्रमणकालीन न्याय प्रक्रिया सफल हुन कानुनी मात्र नभएर सामाजिक वैधता, सरोकारवालाको विश्वास र सहकार्य उत्तिकै अपरिहार्य रहेको पाठ ४ वर्षको असफलताले सिकाएको छ।

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्