१९ असार २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति कार्यालयका अनुसार उनले नेपालको संविधानबमोजिम नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीसमक्ष दुई राजदूतले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेल (भण्डारी) ले शपथ तथा गोपनीयताको शपथ लिएका छन्।

गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नागरिकता विधेयेकबारे राष्ट्रपतिले कानूनविद्हरुसँग गरिन् छलफल, कसले के सुझाव दिए?

छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथी राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीर रुपमा नलिएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरीत सरकारअघि बढेको बताए।

के विकल्प बाँकी छ?

‘फास्ट ट्र्याकमा हिँड्न हुँदैनथ्यो,’ उनले भने, ‘अब राष्ट्रपतिका निम्ति जोखिमपूर्ण विकल्प छन्। राष्ट्रपति र प्रधानमन्त्रीको दृष्टिकोण फरक देखिनुहुँदैनथ्यो।’

राष्ट्रपतिको चासो सम्बोधन नगरी नागरिकता विधेयक पारित

विधेयकमा मतदान हुँदा पक्षमा १ सय ३५ र विपक्षमा ६० मत परेको थियो। पहिला साउन ६ गते प्रतिनिधिसभाले ध्वनि मतबाट विधेयक पारित गरे पनि बिहीबार भने एमालेको मागअनुसार मत विभाजन गरियो।

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

'सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,'

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केवलकार अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौड्यालले जानकारी दिए।

शिक्षामा लगानी अनुरुप प्रतिफल प्राप्त नभएको गुनासो छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य र सक्षम प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्ने बताईन। उनले राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक श्रोत र साधनको पहिचान गर्दै तिनिहरुको उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मूल उद्देश्य हुनुपर्नेमा जोड दिईन्।

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन गठबन्धनको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ।

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस

‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भइ सम्माननीय सभामुख ज्यूबाट प्रमाणित भइ प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति ज्यूसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ।'

राष्ट्रपतिले गरिन् विन्ध्यवासिनी मन्दिरको पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छिन्।

दलहरूको दोहोरो भूमिका

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्लाई फिर्ता गरेपछि सत्तारूढ दलभित्रै ध्रुवीकरण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्