२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रेग्नेन्सी रिपोर्ट

साहेबनी जंगिदै कराउन थालिन् –“ए नकच्चरी के गर्न लायौं ?अरू तँलाई। पालेको चरीले आँखा ठुङ्ग्छ भनेको यही हो। छोरीको दर्जामा राखेको, अझ पलापिएर यतिसम्म भन्ने आँट पो गरी है ? जाइहाल यहाँ बस्ने काम छैन। तेरो हिसाब गरिदिइहाल्छु।”

नारी

तिमी नभए चल्दैन घरबार कसै गरी,बाँचेका छौ अरूका लागि आफैसँग मरी। लेख्न सके कति होलान् नारीका व्यथाहरू, कतिकति बन्न सक्छन् नारीका कथाहरू।

शेखरकुमार श्रेष्ठका दुई बालकविता

हेर काग करायो आमासँग डरायो भात खाने बेलामा नानी फेरि हरायो। कहिले लुकी खेल्ने कहिले भागी हिँड्ने भात खाने बेलामा आमासँग आउने।

मानवता

नलिनीको हात समाएर रविनले भिडबाट बाहिरपट्टि ल्याए। छेउको पसलमा पानी किनेर खुवाएपछि रविनले पसलेलाई सोधे – ‘भाइ, त्यो घरको बुढी आमालाई कसैले याद सम्झेनन्।’

लेखापरीक्षण आरोह अवरोह

लेखापरीक्षण विश्वासबाट सुरु गरिन्छ र अनुसन्धान शंकाबाट सुरु गरिन्छ। लेखापरीक्षकले नमुना छनोटका आधारमा परीक्षण गरी सारभूत आश्वस्तता सहितको प्रतिवेदन दिइन्छ। लेखापरीक्षणले आर्थिक व्यवहार र लेखापालनमा देखापरेका त्रुटिलाई औँल्याइदिएर भ्रष्टाचार निवारणको काममा सार्थक योगदान पुर्‍याउँछ भनिन्छ। तर महालेखापरीक्षकको प्रतिवेदन अनुसार बर्सेनि बेरुजु बढेको नेपालजस्तो देशमा भ्रष्टाचार झन् बढेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले पुष्टि गरेको छ।

आत्मसम्मानको चेत बाल्ने फिलिङ्गो

देश, आफ्ना आफन्त, हितैषी छाडेर श्रीमानकाे पछि लागि जापान पुगेकी सीमान्तीको जापान बसाइको केही महिनामै उसले साचेका सपना बिस्तारै खस्न थाल्छन्। आर्थिक उर्पाजनका लागिरात दिन नभनी खटिएर सुन्दर भविष्यको कल्पनामा विदेशी भूमिमा पसिना बगाइरहेकी सीमान्तीको हृदयमा एक्कासि चोट लाग्न पुग्छ। जब लोग्नेको जापानी महिला मिसावासँगको अनैतिक सम्बन्ध उसलाई थाहा हुन्छ।

जङ्गे पिल्लरहरू

तिमी गुगलमा इतिहास खोज्छौ फेसबुकमा वीरता बाँड्छौ तर यी जङ्गे पिल्लरहरूमा अमरसिंहहरूको डिएनए भेट्दैनौ? जङ्गे पिल्लरको रङ देशको रङजस्तै हुन्छ फरक भाषामा एउटै देश बोल्छ फरक जातमा पनि एउटै जात बन्छ फरक स्थानमा उभिएर एउटै नक्सा बोक्छ देशको नक्सा !

निन्द्राको औषधि

“कस्तो औषधि हो डाक्टर सा’ब यो ? खाने औषधि लेख्दिनुस् न ?” “भन्दै त छु नि ! यसले काम गरेन भने फेरि आउनुस् अर्को लेखिदिन्छु।” डाक्टरले लेखिदिए अनुसारको पसलबाट मानबहादुरले औषधि लिएर गए। खाना खाएपछि सुरुको भाग पूरा पनि पढ्न नभ्याउँदै उनी घुर्न थाले।

बिग्रन्न कुरा सम्हाली राखे मुखका छुरा

के छ र अर्थ नहुने कुरा गर्नु नै व्यर्थ। नबिर्सौं बाटो व्यर्थमा किन मुहार रातो। नबिर्से हुने योजना थियो चन्द्रमा छुने। समय बित्यो थाहै भएन खै कस्ले जित्यो?

परिणाम

घोप्टो परेको अवस्थामा रहेका हरिहर जुरुक्क उठेर सबैलाई नमन टक्रयाए । सबै जना अचम्म पर्दै थिए।मुसुक्क मुस्कुराउँदै हरिहर बोले, “उपकारीलाई नि ईश्वरले हेर्दा रहेछन्। सबैको भलो गर्दा पो यस्तो अवस्थामा पनि काललाई जित्न सकिँदो रहेछ। पालो मिचेर मन्दिर नपसेको बाँच्नलाई पो रहेछ।”

गठबन्धन

जाने बेलामा नेताजीले भन्नुभयो, “आउनुस् मामा भान्जा मिलेर सरकार चलाऊ। अहिले गृहमन्त्रीपछि प्रधानमन्त्री नै दिऊला, के भन्नुहुन्छ ?”जितेनले किसनतर्फ विश्वासको हात बढाउँदै आमाले सानो छँदा भन्नुहुन्थ्यो, “गुनको भरपाई गुनले नै गर्नु भनेर।

मेरा शब्द

त्यसैले त म मेरा शब्दहरूलाई अनुरोध गर्दैछु, जहाँजहाँ झर्छौ तिमीहरू, त्यहाँत्यहाँ आफ्नो चित्रण छोड्दै जानु उज्यालो पारेर याद गर्लान् समयमा नयाँ पिँढीले तिमीहरूलाई पनि व्यस्तताले भरिएको जीवनमा एकैछिन उभिएर त्यतिबेला खुसी हुँदा मेरा शब्दहरू म रमाउँदै भनौँला हो यिनै त हुन् नि मेरा शब्द भनेर।

गुट

सानोटारे काकाले भन्नुभयो, “दुःखद घटना भयो। सहायता गर्न हामी तेरो गुटका मान्छे परेनौं। हामीले अझसम्म गाउँलेभन्दा केही बुझेका थिएनौं र आउन सकेनौं।’सन्ते पछुतोमय बोल्यो, “गाउँ समाजमा गुट नहुँदो रहेछ । माफ मागे सबैसँग। परिणाम गाउँलेको अपार सहयोगले तीन दिनमै नयाँ घर ठडियो सन्तेको।

व्रत

“नानी, हामी मानिसले आफ्ना लागि मात्रै स्वार्थी बनेर सोच्नु हुँदैन। मेरो सबै राम्रो छ तर विश्वका धेरै मानिसको बिचल्ली भएको छ। झन् कोरोनाले त कतिलाई रुवाएको छ कतिलाई। म यसपटकको व्रत विश्वशान्तिका लागि बस्दै छु।” आशाले भावुक भएर भनिन्।

हड्ताल

हेर्दाहेर्दै छोराले आँखा फर्काउन थाल्यो। मंजु र उनकी ठूली छोरी डाँको छोडेर रुन थाले। अस्पतालको कर्मचारीले चिकित्सकको हड्ताल छ, केही हुन सक्दैन भनिदिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्