१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘बेबी फ्याक्ट्री’ बाट १९ गर्भवती महिलाको उद्धार

नाइजेरियाको लागोस सहरस्थित एक घरबाट प्रहरीले १९ जना गर्भवती महिलालाई मुक्त गरेको छ। प्रहरीले सो क्षेत्रलाई ‘बेबी फ्याक्ट्री’ अर्थात् शिशु उत्पादन कारखानको रूपमा अथ्र्याएको छ।

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका–५ गुदेलकी ३९ बर्षीय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

बच्चा अपहरणको शंकामा गर्भवती महिलामाथि कुटपिट

पछिल्लो कुटपिटको घटनालाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजमा ती महिलालाई मानिसको समूहले घेरेर कुटपिट गरेको देखिएको छ। सो भीडले उनलाई बच्चा अपहरण गरेको आरोप लगाउँदै कुटपिट गरेको भिडियोमा देखिएको छ।

नियमित गर्भ जाँच्ने महिलालाई एक क्यारेट अण्डा

गर्भवती महिला र सुत्केरी महिलाका लागि पौवादुङ्मा गाउँपालिकाले नयाँ योजना थप गरेको छ । गतवर्षबाट गाउँपालिका क्षेत्रभित्रका ग्रामिण महिलाहरुलाई बर्थिङ सेन्टरमा प्रसुति गरेबापत गाउँपालिकाले उपलब्ध गराउने रातोभाले र प्रसुति सामाग्रीमा यो वर्षबाट थप नियमित गर्भजाँच गराउने महिलालाई एक क्यारेट अण्डा प्रदान गरेको छ ।

स्वास्थ्य स्वंसेविकालाई तौल लिने मेसिन

गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्मको अवधिमा कम्तीमा पनि आमाको तौल १० देखि १२ किलोसम्म बढेको हुनुपर्छ। तौल नबढे आमा र गर्भमा रहेको बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्न सक्छ।

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि...

आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

स्वास्थ्यप्रति चनाखो बन्दै दुर्गमका गर्भवती

पहिले गोठमा सुत्केरी हुने र हप्ता दिनसम्म गोठमै बस्ने चलन थियो। जसकारण गोठमा रहेको फोहोरले आमा र बच्चाको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन।

लेकमा थलिँदै यार्सायात्रु

यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

बाजुराबाट एक सुत्केरी महिलाको उद्धार गरी नेपालगञ्ज ल्याइएको छ। बुढीनन्दा नगरपालिका १ रावत बाडाकी २२ वर्षीया रमिला रोकायालाई हेलीकप्टरमार्फत उद्दार गरिएको हो।

गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएका हुन्।

गर्भावस्थामै इन्गेजमेन्ट

गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्।

‘गर्भवती महिलाका लागि घरमा झण्डा हातमा अन्डा’

गर्भवती महिलाको घरमा ‘स्वास्थ्य संस्थामा प्रसूति, सुरक्षित मातृत्वको प्रत्याभूति’ लेखिएको सुन्तला रङको झण्डा राखिने र गर्भवती महिलाले न्यूनतम चारपटक गर्भ जाँच गराए प्रत्येक पटकको जाँचमा एक क्रेट अन्डा दिइने भएको छ।

गर्भवतीको उपचारमा आर्थिक समस्या

डालेघाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डालेघाँस काट्ने क्रममको रुखमाबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीया कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्