२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेसबुक मार्फत व्ल्याकमेल गरी रकम असुल्ने पक्राउ

सामाजिक संजाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–७ का विकास नेपालीलाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

फरार अभियुक्त सोह्र वर्षपछि पक्राउ

मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले विहीबार पक्राउ गरेको छ।

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ।

लागुऔषध गाँजा र अफिमसहित २ जना पक्राउ

अबैध लागूऔषध गाँजा र अफिमसहित २ जनालाई मकवानपुर प्रहरीले ग्राहक बनेर पक्राउ गरेको छ। २२ किलो ५ सय ग्राम गाँजा र १ किलो २ सय ग्राम अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

९ किलो सुन सहित दुई पक्राउ

अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव ९ किलो सुन सहित दुई जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा नम्बर ५ का ३७ वर्षीय दिपक घले र पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय फूर्वा तामाङ रहेका छन्।

६ किलो सुनसहित एक जना पक्राउ

अवैधरुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुनसहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिकाका दिपक घलेलाई पक्राउ गरेको हो।

चोरीका चार मोटरसाइकल सहित तीन पक्राउ

चोरीको चारवटा मोटरसाइकल सहित रौतहट पुलिसले एक भारतीय सहित तीन जनालाई पक्राउ गरेको छ। रौतहटको माधवनारायण गाउँपालिका ७ का दीपेन्द्र यादव, गरुडा नगरपालिका ९ का शम्भु राय यादव र भारत सितामढी जिल्लाको बथनाहा ९ का राजीव कुमार राय समेतको टोलीले नेपाल र भारतको विभिन्न स्थानबाट मोटरसाइकल चोरी बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा दसीसहित तीनै जनालाई पक्राउ गरेको हो।

घुस लिँदालिँदै शिक्षा कार्यालय रौतहटका सबओभरसियर पक्राउ

जिल्ला शिक्षा कार्यालय रौतहटको सब ओभर सियर घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपोग अनुसन्धान आयोगको टोलीले सब ओभरसियर ललन कुमार सिंहलाई गौरको बिपि चोबाट घुस रकमसहित पक्राउ गरेको हो।

ट्याक्सी लुट्ने लुटेरा पक्राउ

भक्तपुर प्रहरीले एकजना लुटेरालाई शुक्रबार बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरको टोलीले मोरङ उर्लाबारी घर भई हालः काभ्रेको बनेपा बस्ने २६ वर्षीय माधवराज गौतमलाई पक्राउ गरेको हो।

भारतमा पक्राउ परेका उदयलार्इ रिहा गर्न माग

भारतको पश्चिमबंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका नेपाली युवकलाई छाड्न राजनीतिक दलहरूले माग गरेका छन् । दलहरूले संयुक्त विज्ञप्ति जारी गरी पक्राउ परेका युवक निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन्।

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

१४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

अपहरणका योजनाकार पक्राउ

आफ्नै साथीका छोरा अपहरण गरी ५० लाख फिरौती माग्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । महानगरीय प्रहरीले शाखाले उनलाई शनिबार पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्