२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

कलंकीको कोठामा बोलाएर युवती बलात्कार गर्ने दुई पक्राउ

कलंकीस्थित आफ्नो कोठामा बोलाएर युवती बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सिजुवा-८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन्।

विप्लव माओवादीका ३ कार्यकर्ता पक्राउ

आउँदो स्थानीय तह निर्वाचनमा अवरोध पुर्‍याउने क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ कार्यकर्ता पक्राउ गरेको छ।

विदेश पठाउने भन्दै ठग्ने पक्राउ

वैदेशिक रोजगारको लागि कोरिया पठाई दिने भन्दै लाखाैँ रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोरिया पठाइदिने भन्दै ५१ लाख रकम ठगी गर्ने धनुषा मिथिला नगरपालिका ६ का ४० वर्षीय धनपति महतोलाई पक्राउ गरेको हो ।

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धीत एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय समूह पक्राउ परेका छन् । हजार र पाँच सयको २ करोड १४ लाखको नोट सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट बुधबार १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पिलाछेका युवक हत्याका अभियुक्त खिचापोखरीबाट पक्राउ

छुरा प्रहार गरी एक युवकको हत्या गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौँको नघल गल्ली बस्ने ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने भूषण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

एम्बुलेन्समा १२ बोरको बन्दूक, अस्पतालबाट विरामी पक्राउ

बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।

६ लाख ८० हजार घुससहित नापीका कर्मचारी पक्राउ

छ लाख ८० हजार रुपैयाँ घुससहित झापा दमकको नापी कार्यालयका एक कर्मचारी सोमबार पक्राउ परेका छन्।

धादिङमा पेस्तोल र खुँडासहित ६ जना पक्राउ

धादिङको विभिन्न स्थानबाट पेस्तोल र खुँडा बोक्ने ६ जना पक्राउ परेका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ सत्यदेवीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । ८७

घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ

नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङको छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।

वडाअध्यक्ष उम्मेदवारसहित २० जना पक्राउ

महाशीला गाउँपालिका–१ होश्राङ्दीबाट प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ। एकआपसमा भएको झगडाले उग्ररुप लिएपछि प्रहरीले वडा अध्यक्ष उम्मेदवारसहित २० जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय हुवासमा राखेको छ।

अनुमतिबिना सगरमाथा चढ्न खोज्ने दक्षिण अफ्रिकी पक्राउ, राहदानी जफत

अनुमतीबिना सगरमाथा आरोहरण गर्न खोज्ने एक अफ्रिकी नागरिकलाई प्रहरीले पक्राउ गरी राहदानी जफत गरेको छ। दक्षिण अफ्रिकाका ४३ वर्षिया रयान सन् डेभी कानुनी प्रक्रिया पूरा नगरी सगरमाथा आरोहणको प्रयास गरेका थिए।सरकारलाई बुझाउनु पर्ने दस्तुर ११ हजार अमेरिकी डलरसमेत नतिरी उनी सगरमाथा चढ्ने प्रयासमा थिए।

उम्मेदवारका छोरा हत्या अभियोगमा ८ पक्राउ

एमाले र माओवादी कार्यकर्ताबीचको झडपमा उम्मेदवार छोराको हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। गए राति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवारका छोरा कुलबहादुर तामाङ हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्