४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

व्यवस्थित वैदेशिक रोजगारी

वैदेशिक रोजगारीका नकारात्मक पाटा पनि छन्। तर रेमिटेन्स आयले मुलुकको अर्थतन्त्र धानिरहेको छ र यसको तत्कालै अर्को विकल्प छैन भन्ने सरकारलाई लाग्छ भने यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ।

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बिमा

पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।

सेसेल्स कामदार पठाउनेबारे छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आइतबार शिष्टाचार गरेका छन्।

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन्: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरूप्रति सम्मान गर्नुपर्ने बताएका छन्।

एमसिसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छः श्रममन्त्री श्रेष्ठ

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्।

भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

‘फ्री भिसा टिकट’ को विकल्प खोज्दै सरकार

फ्री भिसा टिकट व्यवस्थाबाट विदेश जाने युवाले फाइदा लिन नसकेको र राज्यले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेकाले सबैको सल्लाह र सहमतिमा यसमा पुनरवलोकन गर्न जरूरी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ: मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताएका छन्।

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छुः मन्त्री श्रेष्ठ

तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।

सामाजिक सुरक्षा योजनाको तीन वर्षः तीन लाख श्रमिक आबद्ध

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा करिब नौ लाख उद्योग, प्रतिष्ठानमा ३४ लाख हाराहारी श्रमिक कार्यरत छन्। विभागले २०७४/०७५ मा गरेको श्रम शक्ति सर्वेक्षण अनुसार औपचारिक र अनौपचारिक क्षेत्रमा गरी ७० लाख ८६ हजार मानिस विभिन्न किसिमका काममा आबद्ध छन्। कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि समेट्ने लक्ष्य राखेको छ।

वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजनामा सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन्।

नेपालले कतार भिसा सेन्टरबारे कुरा उठाउने

मन्त्री श्रेष्ठले भिसा सेन्टरको कामबारे मन्त्रालयले विस्तृत अध्ययन गरेर निचोडमा पुग्ने भए पनि तत्काल भिसा सेन्टरबाट प्रवाह हुने सेवा कामदारमैत्री हुनुपर्ने बताए। सन् २००५ मा कतार–नेपाल द्विपक्षीय श्रम सम्झौता भएपछि सन् २०१९ यता हरेक दुई वर्ष श्रमसम्झौतालाई सुधार गर्न संयुक्त कार्य दलको बैठक बस्ने गर्छ।

वैदेशिक राेजगारः एक महिनाभित्र पुनर्एकीकरणका कार्यक्रम

सरकारको नेतृत्व गर्नहरूले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आए पनि व्यवहारमा रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि नबढ्दा पुनर्एकीकरण कार्यक्रमको आवश्यकतामा जोड दिने गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्