१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सेसेल्स कामदार पठाउनेबारे छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आइतबार शिष्टाचार गरेका छन्। भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री श्रेष्ठले नेपाली कामदार सेसेल्सको रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताए। उनले द्विपक्षीय श्रम समझदारीका लागि तयारी अघि बढाइने बताए। सेसेल्स हेर्ने नेपाली राजदूतावास दक्षिण अफ्रिकाको रायबमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

श्रेष्ठले नेपालबाट लैजाने कामदारको संख्या, सीप तथा पारिश्रमिकको बारेमा द्विपक्षीय श्रम समझदारी गर्न सकिने बताए। कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो। राजदूत पिल्लेले सेसेल्स सरकार सुरक्षागार्डबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक रहेको बताए।

प्रकाशित: १२ पुस २०७८ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App