१२ असार २०८१ बुधबार
image/svg+xml

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाढ विद्युत्गृहको पुनःनिर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न आग्रह गरे। उनले पुनःनिर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाए।

भारतमा विद्युत निर्यात गर्ने उद्देश्य होइन,नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता: घिसिङ

मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे।

छिट्टै जलविद्युत् आयोजनाको पीपीए खुल्छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केहीदिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन्।

निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छः कुलमान घिसिङ

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोके बमोजिम हुनुपर्ने बताए।

झण्डै तीन महिनामा ६ अर्ब बराबरको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। हाल दैनिकरुपमा करिब ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।

सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल प्रहरी र विद्युत् प्राधिकरणबीच समझदारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न एमओयू हुनु महत्वपूर्ण कोसेढुंगा भएको बताए।

आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन्छौं: घिसिङ

नेपाल विद्युत् प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले प्राधिकरणले आगामी वर्ष पूर्ण र अर्धजलाशययुक्त आयोजनालाई प्रथामिकतामा राखेर निर्माण गर्ने घोषणा गरेका हुन्।

कुलमान घिसिङको भन्छन्, 'प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छ'

बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्। उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

ध्यानमा कुलमान घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित अन्य पदाधिकारीको टोली शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेको थियो। राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत छैटौँ समूहको रुपमा कुलमान घिसिङसहित प्राधिकरणको टिम ओशो तपोवनमा ध्यान साधनामा सहभागी भएका हुन्।

भारतसँग ३८ रुपैयाँ प्रतियुनिट बिजुली किन्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँग ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किन्न लागेको बताएको छ।

'नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण'

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताएका छन्।

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्